२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द

कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द


चीनले बौद्ध धर्मगुरु दलाई लामाको प्यालेस बन्द गरेको छ। कोरोना भाइरस (2019-nCoV) फैलने भन्दै चिनियाँ सरकारले तिब्बतमा अबस्थित दलाई लामाको आधिकारिक निवास पोटाला प्यालेसलाई अनिश्चितकालको लागि बन्द गरेको हो।

चिनियाँ सरकारले प्यालेस कहिलेसम्म बन्द राख्ने भन्ने बारे केहि बोलेको छैन। उक्त प्यालेस बौद्ध धर्मको लागि ठुलो सांस्कृतिक र धार्मिक केन्द्र हो। हरेक वर्ष यहाँ ठुलो संख्यामा दर्शनार्थी आउने गर्छन। चीनको उक्त कदमलाई बौद्ध सङ्गठनले विरोध गरेको छ। बौद्ध सङ्गठनले चिनियाँ सरकारको कार्यप्रणालीको घोर निन्दा गरेका छन्। तिब्बतमा मात्र नभई चीनका कयौ प्रमुख शहरका मानिसलाई बाहिर निस्कन प्रतिबन्द लगाइएको छ।

चीनबाट शुरु भएर १० भन्दा बढी देशमा उक्त भाइरस फैलिएको छ। पछिल्लो विवरण अनुसार भाइरसबाट मर्नेको संख्या ८० पुगेको छ भने करिब २३ हजार व्यक्ति यसबाट प्रभावित छन्। चीनमा यस भाईरससँग लड्नको लागि युद्धस्तर जस्तै कार्य भईरहेको छ।

 भारतीय संचार माध्यम अमरउजालाबाट अनुवादित


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ