२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यक्रोनिक प्याङक्रियाटाइटिस के हो ? कसरी बच्न सकिन्छ ?

क्रोनिक प्याङक्रियाटाइटिस के हो ? कसरी बच्न सकिन्छ ?


प्यानक्रियाजका धेरै रोगहरु वा समस्याहरुमध्ये क्रोनिक प्याङक्रियाटाइटिस पनि एक हो । क्रोनिक प्याङक्रियाटाइटिस भयो भने प्यानक्रियाज विस्तारै बिग्रदैं जान्छ । प्यानक्रियाजमा क्यान्सर हुने सम्भावना बढ्छ ।

क्रोनिक प्याङक्रियाटाइटिसको लक्षणहरु
—बेला—बेलामा सहन नसक्ने गरी पेट दुख्ने
—बिरामीलाई विस्तारै डाइबटिज रोग लाग्ने
—पातलो दिशा जाने
—तेल मिसिएको जस्तो दिशा हुने

क्रोनिक प्याङक्रियाटाइटिसका कारणहरु

१. अल्कोहल सेवन
अल्कोहल र धुम्रपानको सेवन नै यसको मुख्य कारणहरु हुन् । यसको सेवन नगर्ने हो भने पनि क्रोनिक प्याङक्रियाटाइटिस हुने सम्भावना एकदमै कम हुन्छ ।

२. ढुङ्गा जमेर
प्यानक्रियाजमा जुस निस्कने बाटो हुन्छ । त्यो बाटेमा ढुङ्गाहरु जम्दा जुस पनि त्यही राकिने हुन्छ । फलस्वरुप क्रोनिक प्याङक्रियाटाइटिस हुन्छ ।

३. वंशानुगत
कसै—कसैमा यो वंशानुगत आएको हुन्छ । आमा वा बाबु कसैलाई क्रोनिक प्याङक्रियाटाइटिस छ अथवा प्यानक्रियाज कमजोर छ भने पनि बच्चाहरुमा त्यही समस्या सरेर आएको हुन्छ ।

क्रोनिक प्याङक्रियाटाइटिसबाट कसरी बच्न सकिन्छ ?
क्रोनिक प्याङक्रियाटाइटिसको मुख्य कारण भनेको मदिरापान र धुम्रपान हो । लामो समयदेखिका मदिरापानको सेवनले प्यानक्रियाजलाई असर गरिरहेको हुन्छ । त्यति नै मात्रामा धुम्रपानले पनि प्यानक्रियाजलाई असर गरिरहेको हुन्छ । यिनीहरुलाई कम गर्न वा छोड्न सक्यो भने क्रोनिक प्याङक्रियाटाइटिसबाट बच्न सकिन्छ ।

क्रोनिक प्याङक्रियाटाइटिसको जोखिम हुने कुनै निश्चित उमेर छैन । कसैले बच्चादेखि नै धुम्रपान र मदिरापान गरेको हुन सक्छ । कसैले युवा अवस्थाबाट सेवन गर्न सुरु गरेको हुन सक्छ । सेवन गर्दै जाँदा एक अवस्थामा आएर यस्तो रोगहरु लाग्ने सम्भावना धेरै छ । धुम्रापान र मदिरापान सेवन नगर्ने हो भने पनि हामी यसबाट बच्न सक्छौं ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ