२०८३ मंसिर ६, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती

स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती


काठमाडौं—स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) नवीनतम प्रविधिसहित स्तरोन्नती गरेर सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमालाई अझ प्रभावकारी, सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित अद्यावधिक बीमा व्यवस्थापन सूचना प्रणाली (IMIS) सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ ।

अद्यावधिक प्रणालीले सेवा प्रदायकबाट प्राप्त स्वास्थ्य उपचार सम्बन्धी दावीहरु छिटो तथा प्रभावकारी रुजु र मुल्यांकन, राष्ट्रिय परिचयपत्रसँग अन्तरआवद्धता तथा तथ्यांक वैद्यता र गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास बोर्डले लिएको छ ।

साथै दावीमा भएका त्रुटि तथा असामान्य विवरण पहिचानका लागि प्रणालीगत फ्ल्यागिङ बीमितको अभिलेखको खोजी तथा पहिचान र सेवा प्रदायकको अवस्था सम्बन्धी विवरण अनुगमन गर्ने व्यवस्था पनि यो प्रणालीमा छ ।

स्तरोन्नतीपछि यसले सूचनाको सुरक्षा, प्रणालीको गति, कार्यसम्पादन र विश्वसनीयता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा कृत्रिम बुद्धिमता आधारित प्रविधि (एआई बेस्ड टेक्नोलोजी)को प्रयोग तथा विकासका लागि पनि आधार तयार गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ