विराटनगर—सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपाल (SOL Nepal) को दशौँ राष्ट्रिय सम्मेलनको अवसरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा लाइभ ईएनटी (ENT) सर्जरी कार्यशाला सुरु भएको छ । शुक्रबार सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपाल र विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सहकार्यमा लाइभ ईएनटी सर्जरी कार्यशाला सुरु भएको हो ।
आयोजक समितिका सचिव डा.. राजीव साहकाअनुसार कार्यशाला विहान ९ बजे हस्पिटलको छैटौँ तलाको सेन्ट्रल अडिटोरियममा सुरु भएको छ । यसमा Endohold (Justtach) को प्रयोगसहित एन्डोस्कोपिक कान शल्यक्रिया, एन्डोस्कोपिक कोब्लेसन एडेनोटन्सिलेक्टोमी र भ्ल्त् मा बोटक्सको प्रयोगको प्रत्यक्ष प्रदर्शन गरिनेछ ।
मुख्य सम्मेलन ५ र ६ मंसिरमा सुनसरीको इटहरीस्थित रामदा होटलमा हुनेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५ मंसिरमा शनिबार दिउँसो २ः३० बजे सम्मेलनको उद्घाटन गर्नेछन् ।
‘Advancing ENT Care: Innovation, Accessibility and Excellence’ भन्ने नाराका साथ हुने सम्मेलनमा २५० भन्दा बढी स्वदेशी र ८ जना विदेशी विशेषज्ञको सहभागिता रहने आयोजकले जनाएको छ । १२० वटा कार्यपत्र प्रस्तुत हुनेछन्, जसमा युवा चिकित्सक र रेजिडेन्टका लागि सीप अभिवृद्धिका कार्यशाला तथा पोस्टर प्रस्तुतीकरणका अवसर पनि रहनेछन् ।
