२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं आफन्तद्वारा अझै शव बुझ्न अस्वीकार

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं आफन्तद्वारा अझै शव बुझ्न अस्वीकार


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिरामीको चिकित्सकीय लापरवाहीले भएको भन्दै आफन्तले शव उठाउन मानेका छैनन् । रुपन्देहीको कञ्चन गाउँपालिकाकी १५ वर्षीय माया थापाको शनिबार राति उपचारकै क्रममा मृत्यु भएको थियो । अस्पतालले लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले शव बुझ्न इन्कार गरेका छन् ।

आफन्तले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाहीसहितका माग राख्दै दिनभर अस्पतालमा धर्ना बसे । आफन्तहरुले मृतकका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र उपचार खर्च मिनाह गर्नुपर्नेलगायतका माग राख्दैं आएका छन् । माग पुरा नभएसम्म शव नउठाउने आफन्तले अडान लिएका छन् । मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ताको प्रयास भएपनि सहमति हुन नसकेपछि विगत ३ दिनदेखि मृतकको शव अस्पतालमै रहेको छ ।

अस्पताल प्रशासनले आफूहरुका जायज मागप्रति बेवास्ता गरेको भन्दै मृतकका आफन्तहरुले मंगलबारदेखि पुनः अस्पतालमा धर्ना दिने बताएका छन् । मृतकका आफन्तहरुले आइतबार पनि दिनभर अस्पतालमा धर्ना दिएका थिए ।
मंसिर १८ गते ज्वरो आएर लुम्बिनीमा भर्ना हुन आएकी रुपन्देहीको कञ्चन गाउँपालिकाकी १५ वर्षीय थापाको शनिबार राति मृत्यु भएको थियो । बिरामीको रोग पत्ता नलगाई चिकित्सकले जथाभावी औषधी चलाइएकाले छोरीको मृत्यु भएको आमा सीता थापाको दाबी छ ।

१८ गते इमर्जेन्सीमा भर्ना भएकी मायालाई १९ गते अस्पतालको वेडमा सारिएको थियो । समस्या देखिएपछि उनलाई पुन २० गते आकस्मिक रुपमा आईसीयुमा राखेको मृतक थापाकी आमा सीता बताउँछिन् ।

बिरामी थापालाई ७ दिनदेखि ज्वरो आउनुका साथै शरीरमा प्लेटलेसको मात्र कमी भएका कारण फोक्सोमा ‘एआरडिएस’ भएकोले बिरामीको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ