गृहपृष्ठ ∕ समाचार ∕ नेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने नेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने हेल्थ आवाज बुधबार, २०७६ मंसीर २५ गते, १८:११ मा प्रकाशित काठमाडौं–नर्सिङ संघको निर्वाचन नजिकिदैं गर्दा नेकपा निकट नर्स हरुको प्यानलले १९ बुदे घोषणा पत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा सुत्केरी भएको दुई वर्ष र ५० वर्ष माथिका नर्सहरुलाई रात्रीकालीन ड्युटी नराख्ने विषयमा नीतिगत निर्णय गराउन पहल गर्नेदेखि लिएर सबै स्थानमा काम गर्नेको सेवा सुविधा एउटै बनाउनेसम्मका घोषणा रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दैं अध्यक्षकी दावेदार प्रध्यापक मन कुमारी राईले विगतको इतिहासलाई जोगाउँदै सबै नर्सहरुको हितमा लाग्ने बताइन् । नर्सिङ संघकी वर्तमान उपाध्यक्ष अप्सरा पाण्डेले यो कार्यकालमा सरकारले नर्सहरुका लागि धेरै नीतिगत काम गरेको र आफूहरुले त्यसको नेतृत्व गरेको दावी गरिन् । यस्ता छन् घोषणा वर्तमान संघीय संरचना अनुरुप नर्सिङ सेवालाई सेवाग्रही मैत्री बनाउँदै लगी यसको कार्य दायरालाई फराकिलो बनाउँदै सातवटै प्रदेशमा नर्सिङ संघ र ७७ वटै जिल्लामा नर्सिङ समितिलगायत स्थानीय तहमा एकाई समिति गठन गरी व्यापक रुपमा ‘नागरिकको नैसर्गिक अधिकार’स्तरीय सुरक्षित स्वासथ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित बनाउन पहल गर्ने । नर्सिङ शिक्षा, सेवा अभ्यास र यसलार्य अझ मजबुत बनाउन नर्सिङ अनुसन्धान, प्रशासन तथा व्यवस्थापनलार्य एक अर्काको परिपूरकका रुपमा निजी, गैर सरकारी तथा सरकारी संघ संस्थामा लागु गराउन पहल गर्ने । नर्सिङ शिक्षा स्तरीय सर्वसुलभ तथा वैज्ञानिक बनाउन र विश्व जगतको मागअनुसार शिक्षक विद्यार्थीको अनुपात र शैक्षिक भौतिक आधारहरुको व्यवस्था गराउन पहल गर्ने । सरकारी, गैर सरकारी तथा निजी संघ स.स्थाहरुमा कार्यरत नर्सहरुको सेवा सुविधामा एकरुपता ल्याउन पहल गर्ने । यस शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र मर्यादित बनाउन नेपाल सरकार, नर्सिङ परिषद्, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नर्सिङ परिषद्जस्ता सम्बन्धित निकायहरुसँग समन्वयन गरी स्तरीय मापदण्डअनुसार, पारदर्शी रुपमा सुक्ष्म रुपले अनुगमन तथा मुल्यांकन गराउन पहल गर्ने । अवकाश प्राप्त नर्सहरुको क्षमता र अनुभवको कदर गर्दै सिर्जनात्मक कार्यमा सहभागी गराउन पहल गर्ने । नर्स र अन्य स्वास्थ्य सेवा प्रदायकहरुबीच हुने विभेदपूर्ण ब्यवहार सदाको निम्ति अन्त्य गराउन पहल गर्ने । नर्सहरुको कार्य दायरा अझै फराकिलो पार्न पहल गर्ने । नर्सिङ संघको दर्ता शुल्क साधारण सभामार्फत राज्यको ढाँचा र कार्यभार अनुसार पूरा परिमार्जित गर्ने । वर्तमान समयमा भइरहेको गैर—सरकारी, निजी तथा सरकारी संघ संस्थामा आर्थिक, मानसिक, सामाजिक र शारीरिक शोषण अन्त्य गर्न विशेष किसिमको कार्य प्रणाली विकास गरी व्यवस्थाको लागि पहल गर्ने । एकै पदमा लामो समयसम्म र कार्य गरिरहनुपर्ने विभेदपूर्ण नीतिको अन्त्य गर्न, समायोजन र पदस्थापनामा देखा परेका त्रुटीलाई समोधन गर्न पहल गर्ने । अनमीहरुलाई विशेष कार्यक्रम अन्र्तगत स्टाफ नर्समा अध्ययन गराउन छात्रवृत्तिको ब्यवस्था गर्न र स्टाफ नर्स योग्य अनमीहरुलाई पदस्थापना गराउन पहल गर्ने । जनताको मौलिक अधिकार र स्तरीय स्वासथ्य सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि स्टाफ नर्सदेखि वरिष्ठ नर्सिङ प्रशासकसम्म राज्यभरी लोकसेवा खुलाउन पहल गर्ने । सुत्केरी भएको २ वर्षसम्म ५० वर्ष नाघेका नर्सहरुबाट नाइट ड्युटीको प्रेसर हटाउनको निम्ति पहल गर्ने । शैक्षिक योग्यता र वरिष्ठताको आधारमा नेपालभरिका स्वासथ्य संस्थाहरुमा प्रमुख हुने प्रावधानको नीतिगत पहल गर्ने । नेपाल नर्सिङ संघको विधान समय सापेक्षित संसोधन गर्ने । चिकित्सा शिक्षा आयोगमा रहने ४ वटा कार्यकारी निर्देशकको पदमा चिकित्सकहरुबाट मात्र प्रतिनिधित्व गर्ने गरिएकोमा नर्सिङ सेवाबाट पनि अनिवार्य प्रतिनिधित्व हुने गरी पहल गर्ने । हाल रहेको नर्सिङ संघको केन्द्रिय कार्यालय भवनलाई ब्यवसायिक भवनका रुपमा निर्माण गर्ने । अध्ययन गरिएका विषयगत विशेषज्ञताको आधारमा काम गर्ने वातावरण मिलाउन पहल गर्ने । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए