२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित


चिनियाँ स्वास्थ्य अधिकारीहरूले नोभेल कोरोना (2019-nCoV) भाइरसबाट २ हजार ७ सय ४४ जना सङ्क्रमित भएको पुष्टि सोमबार गरको छ। सङ्क्रमित मध्ये ८० जना मानिसको मृत्यु भईसकेको छ भने ४ सय ६१ जनाको अबस्था नाजुक रहेको जनाइएको छ।

आइतबार मात्रै ७ सय ६९ वटा नयाँ केश, ३ हजार ८ सय ६ व्यक्तिमा शंकास्पद र २४ जनाको हुवेई प्रान्तमा उक्त भाइरसबाट मृत्यु भईसकेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। आयोगको तथ्याङ्क अनुसार, आइतबारको अन्त्यसम्ममा उक्त भाइरसबाट ८० जनाको मृत्यु भइसकेको छ भने ५१ जनाको स्वास्थ्यमा सुधार आएको र ५ हजार ७ सय ९४ जनामा शंकास्पद देखिएको छ।

जम्मा ३२ हजार ७ सय ९९लाई जाँच गरिएकोमा निगरानीमा राखिएको ५ सय ८३ लाई डिस्चार्ज गरिएको र ३० हजार ४ सय ५३ जना मानिसलाई स्वास्थ्यकर्मीको निगरानीमै राखिएको आयोगले बताएको छ।

तथ्याङ्कले हंकंग, ताइवान र मकाउ गरी १७ जनालाई भाइरसले संक्रमण गरेको पुष्टी गरेको छ जसअन्तर्गत हंकंगमा ८ जना, ताइवानमा ४ जना, मकाउ विशेष प्रशासनिक क्षेत्रमा ५ जना रहेका छन्।

त्यसबाहेक थाइल्याण्डमा ७, जापानमा ३, कोरियामा ३, अमेरिकामा ३, भेतनाममा २, सिङ्गापुरमा ४, मलेशियामा ३, नेपालमा १, फ्रान्समा ३ र अष्ट्रेलियामा ४ जना उक्त भाइरसबाट संक्रमित छन्।

नोभेल कोरोना भाइरसको महामारीको कारणले चीनले आउँन लागेको वसन्त महोत्सवको विदालाई विस्तार गरी ३ दिन पुराएको छ। चीनको विश्वविद्यालय, प्राथमिक र माध्यमिक विद्यालयहरू र केन्डरगार्टनहरूले सेमेस्टरको थालनी स्थगित गरिएको छ।

सिन्ह्वा


क्याटेगोरी : अन्य, महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ