२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला अस्पताल सल्यानमा औषधी अभाव

जिल्ला अस्पताल सल्यानमा औषधी अभाव


वीरेन्द्रनगर– जिल्ला अस्पताल सल्यानमा अत्यावश्यक औषधीको अभाव भएको छ ।  नियमित रूपमा खरिद गर्नुपर्ने औषधी खरिद नहुँदा अस्पतालमा औषधीको अभाव भएको हो ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रमअन्तर्गतका औषधीको अभाव देखिएको सल्यान जिल्ला अस्पतालका स्टोर प्रमुख रघुवीरकुमार यादवले बताए । ‘नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधीमध्ये दैनिक प्रयोजनमा आउने आमा सुरक्षा कार्यक्रमअन्तर्गत औषधिको अभाव देखिएको छ,’ उनले भने, ‘प्रदेश स्वास्थ्य निर्देशनालयले पठाएको औषधीको पनि थोरै समयावधि हुँदा झनै समस्या बढेको छ ।’

निर्देशनालयले उपलब्ध गराएका केही औषधीको मिति सकिन एक महिना मात्र रहेको भन्दै एक महिनाभित्र सबै औषधी खपत नहुन सक्ने यादवले जानकारी दिए ।

अबको एक हप्तासम्म पुग्ने औषधी स्टक रहेको र केही दिनमै औषधीको व्यवस्था गर्न नसके झनै समस्या बल्झिने सल्यान जिल्ला अस्पतालका डा. अर्जुन बुढाले बताए ।

‘कार्यालयबाट ३० लाख बराबरको टेन्डर आह्वान भई सूचीकृत भइसके पनि कार्यालय प्रमुख र लेखा अधिकृत नहुँदा समस्या भएको छ,’ उनले भने,‘आमा सुरक्षा कार्यक्रमअन्तर्गतका औषधीको अभाव छ । ल्याबमा चाहिने सामग्री पनि एक/दुई दिनलाई मात्र पुग्ने बाँकी छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ