२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशविश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी

विश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी


वीरेन्द्रनगर- कर्णाली प्रदेशमा विश्व रेबिज दिवस मनाइएको छ । बिहीबार एक कार्यक्रम गरी ‘रेबिज नियन्त्रण, एक स्वास्थ्य एक गन्तव्य’ भन्ने नाराका साथ विश्व रेबिज दिवस मनाइएको हो ।

कर्णाली प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णाली प्रदेश राजधानी सुर्खेतमा प्रभात फेरी गरेर विश्व रेबिज दिवस मनाइएको छ ।

बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेबिज रोग बिरालो, न्याउरी मुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । सन २०३० सम्म रेबिजबाट शून्य निधनको योजनाअनुसार काम भइरहेको कर्णाली प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। नरहरिप्रसाद घिमिरेले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ