२०८३ भदौ ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यशहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा

शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा


काठमाडौं—कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा दन्त उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । बिहीबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तीर्थ प्रधानले अस्पतालमा थपिएको डेन्टल सेवाको औपचारिक उद्घाटन गरेका हुन् ।

कलंकी तथा आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

नयाँ दन्त सेवामा अनुभवी दन्त चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको टोलीमार्फत बाङ्गो–टिङ्गो दाँत मिलाउने उपचार, दाँत तथा मुख सम्बन्धी सर्जिकल उपचार, क्राउन, ब्रिजलगायतका आवश्यक दन्त उपचार सेवा उपलब्ध हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत समिर शर्माले जानकारी दिए ।

अस्पतालमै दन्त स्वास्थ्य सेवा थपिएसँगै बिरामीले अन्य स्वास्थ्य सेवासँगै आवश्यक दन्त उपचार पनि एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् । नयाँ सेवाको मुख्य उद्देश्य ‘सबैका लागि सहज, सुरक्षित र गुणस्तरीय दन्त स्वास्थ्य सेवा’ उपलब्ध गराउनु रहेको शर्माले बताए ।

शहीद मेमोरियल अस्पताल, कलंकीमा दन्त स्वास्थ्य सेवा अब नियमित रूपमा उपलब्ध हुनेछ । दन्त स्वास्थ्य सेवाको उद्घाटन कार्यक्रममा अस्पताल व्यवस्थापन, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य अतिथीहरूको उपस्थिति थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ