२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नयाँ कोरोना संक्रमित ५० प्रतिशतमा लक्षण देखिन थाल्यो

नयाँ कोरोना संक्रमित ५० प्रतिशतमा लक्षण देखिन थाल्यो


वीरगन्ज—वीरगन्जमा देखिएका नयाँ कोरोना संक्रमितहरुमा लक्षण देखिन थालेको छ । पछिल्लो समय संक्रमित भएर अस्पतालको आइसोलेसनमा रहेका १८ जनामध्ये ५० प्रतिशतमा कोभिड—१९ का कुनै न कुनै लक्षण देखिएको चिकित्सकले बताएका छन् ।

नारायणी अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक समेत रहेका डा. उदय सिंहले नयाँ संक्रमितमध्ये झण्डै ५० प्रतिशतमा कोभिड—१९ को लक्षण देखिएको जानकारी दिए ।

‘पहिले ९० प्रतिशत लक्षणबिहीन संक्रमिथत थिए,’ उनले भने, ‘पछिल्लो समय संक्रमित देखिएकाहरुमा लक्षण पनि देखिएको छ । अब उच्च सतर्कता अपनाउने बेला आएको छ ।’

नारायणी अस्पतालमा हाल १८ जना नयाँ संक्रमित छन् । तीमध्ये अधिकांशको बाहिर गएको अथवा बाहिरबाट आएका मानिसहरुसँगको सम्पर्क छैन् ।

लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने र आलस्यता आउने जस्ता समस्या देखिएको डा. सिंहले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ