२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वडब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा

डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा


आर्टिफिसियल स्वीटनर (चिनीको विकल्पको रुपमा प्रयोग गर्ने कृत्रिम मिठो चिज)ले क्यान्सरको जोखिम बढाउने पाइएको छ । बिहिबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी जारी गर्दै यस्ता चीजहरुबाट क्यान्सरको खतरा हुन सक्ने बताएको छ ।

‘नन स्वीटनर सुगर, एस्पार्टेम सम्भवत कार्सिनोजेनिक प्रभाव हुन सक्छ । जुन मानिसको लागि क्यान्सरको कारण बन्न सक्छ,’ डब्लूएचओले भनेको छ, ‘एक स्पार्टमा एक जैविक यौगिक छ । यो सुगर फ्री चिजहरुमा प्रयोग हुँदै आइरहेको छ ।’

अन्तर्राष्ट्रिय क्यान्सर एजेन्सी आईएआरसीसँग मिलेर डब्लूएचओ र खाद्य कृषि संगठनको विशेषज्ञले स्पार्टमले शरीरमा हुने प्रभावको आँकलन गरेर यस्तो निष्कर्ष निकालिएको हो । डब्लूएचओले भन्छ, ‘यसको कम मात्रा सेवन सुरक्षित हुन सक्छ । प्रति किलोग्राम शरीरको तौलमा ४० मिलिग्राम जोखिम होइन् । तर, धेरैले शरीरमा क्यान्सर हुन सक्छ ।’

डब्लुएचओकाअनुसार स्पार्टम कृत्रिम स्वीटनरको उपयोग विभिन्न खाद्य र पेय पदार्थमा गरिन्छ । जसमा डाइट ड्रिंक्स, चुइगम, आइसक्रिम, डेरी उत्पादन जस्तैः दही, खोकीको औषधि र चपाउने भिटामिनको औषधिमा समावेश गरिएको छ ।

आइएआरसीको मोनोग्राफ प्रोग्राम विशेषज्ञ डा.मैरी शुबाउर बेरिगन भन्छिन्, ‘मानिस र जनावरमा एस्पार्टेम क्यान्सरको प्रमाण सिमित छ । यसलाई विस्तृत ढंगले सम्झिनको लागि हामीलाई अझै अध्ययनको जरुरी छ । तर, सिमित प्रमाण पनि विचार गर्नुपर्ने हुन्छ ।’

डब्लूएचओद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘समितिले पुष्टि गरेको छ कि यससको सिमित सेवन गर्न सकिन्छ । किनभने क्यान्सर विश्वस्तरमा बढिरहेको स्वास्थ्य जोखिमहरु मध्ये एक हो । यस कारण आँकलन महत्वपूर्ण हुन्छ । अहिलेसम्मको अध्ययनमा लिभर क्यान्सरको जोखिम बढाइएको पाइएको छ । यसको अन्य जोखिमको खतराको बारेमा जान्नको लागि अध्ययन भइरहेको छ ।

आर्टिफिसियल सुगरबाट हुने नकरात्मक प्रभावलाई बुझ्नको लागि गरिएको एक अध्ययनमा जोखिमका लागि सावधान हुन भनिएको छ । जर्नल अफ विज्ञान र पर्यावरण स्वास्थ्यमा प्रकाशित एक रिपोर्टमा अनुसन्धानकर्ताले पाए कि यसमा सुक्रालोज ६–एसीटेट नामको एक रसायनमा छ । जसले सम्भावित रुपमा डीएनएको नोक्सान पु¥याउन सक्छ । यो रसायन जोनोटाक्सिक हुन सक्छ, जसको अर्थ यो कोषिकाहरु भित्र जेनेटिक इन्फर्मेसनको नोक्सान गर्न सक्छ ।

ध्यान दिनुपर्ने कुरा यो हो कि आर्टिफिसियल स्वीटनरको प्रयोगको सुरुवात चिनी जस्तो मिठो स्वादबाट हुन्छ । र, यसमा क्यालोरी हुँदैन् । रगत सुगर बढ्ने खतरा पनि हुन्छ । अनुसन्धानकर्ताहरु चिन्तित छन्, यसमा भएको धेरै तत्वहरु हानिकारक र दुष्प्रभाव गर्ने खालका छन् ।

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ