२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वगाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु

गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु


गाँजा—गाजा सहरको एक अस्पतालमा भएको भीषण हमलामा ५ सयभन्दा बढी मानिस मारिएका छन् । उक्त हमलाको आरोप इजरायली सरकार र हमास चरमपन्थीहरुले एक अर्कामाथि लगाएका छन् ।

फलिस्तानी चरमपन्थी गुट हमाससँग सम्बन्धित स्वास्थ्य अधिकारीहरुकाअनुसार इजरायली समयअनुसार मंगलबार विहान भएको एक हवाई हमलामा गाजा सहरमा रहेको भिडभाडयुक्त अल—अहली अरब वैप्टिस्ट अस्पताललाई निशाना बनाइएको थियो ।

अस्पतालका तस्विरहरुमा तबाही र रणमैदानको झल्को देखिन्छ । अन्धकारमा डुबेको अस्पतालमा राहतकर्मीहरु घाइतेहरुलाई स्ट्रेचरमा निकाल्ने कोशिश गरिरहेका छन् । मानिसहरुको लाश र हमलाका कारण ध्वस्त भएका वस्तुहरु बिग्रेको अवस्थामा सडकमा परेका छन् ।

मेडिन्सा साँ फ्रतिएसँग जोडिएका प्लास्टिक सर्जन डा. गम्सन अबु सिता युद्धका कारण घाइते भएका व्यक्तिको उपचार गरिरहेका छन् । उनी भन्छन्, ‘हामी अस्पतालमा थियौं र एक शल्यक्रिया गरिरहेका थियौं । एक ठूलो भीषण विस्फोटको आवाज सुनियो । अपरेटिङ रुमको छत खस्यो । जो भइरहेको छ यो नरसंहार हो ।’

एक चिकित्सकले बिबिसीसँग बताएअनुसार अस्पतालको ८० प्रतिशत हिस्सामा कामकाज ठप्प भएको छ भने एक आँकलनकाअनुसार यो विस्फोटमा १०० हजार मानिस हताहत भएका छन् । अल अहली अरब बैप्टिस्ट अस्पाल एन्जेलिकन चर्चको अस्पताल हो । यसको पूरा आर्थिक खर्च उसैले उठाउँछ ।

अस्पतालमाथिको हमलालाई लिएर हमास र इजरायलबीच आरोप प्रत्यारोप सुरु भएको छ । इजरायली सेनाले हमलामा आफ्नो हात भएको कुरा इन्कार गरेको छ । बरु, उसले यो हमलामा इस्लामिक जिहाद पीजेआईले गरेको आरो लगाएको छ । इजरायली सेनाले पीजेआईको तर्फबाट छोडिएको रकेम मिस फायर भएर अस्पतालमा गिरेको थियो । जिहाद समूहले भने यो आरोपलाई पूर्णतया खारेज गरेको छ ।

अस्पतालका एक चिकित्सकले यो घटनालाई नरसंहारको भएको बातएका छन् । अस्पतालकै अर्का एक चिकित्सकले हमलाका कारण अस्पतालमा भारी तबाही मच्चिएको बताएका छन् ।

७ अक्टोबरमा इजरायलमा हमासले गरेको हमलापछि इजरायली सेना जवाफी कारवाही गरिरहेका छ । उसका युद्धक विमानहरु गाजामा लगतार बम वर्षा गरिरहेका छन् । इजरायलले गाजामा हुने जरुरी सामानहरुको सप्लाई पनि रोकिदिएको छ । उक्त हमलामा इजरायलका १ हजार ३ सय नागरिकको मृत्यु भएको थियो ।

गाजामा भइरहेको इजरायली हमलामा अहिलेसम्म ३ हजारभन्दा बढी मासिन मारिएको अनुमान गरिएको छ ।

अस्पतालमा भएको यो हमलापछि यो क्षेत्रमा शान्ति बहाली गर्ने प्रयासमा भइरहेको पहलमा धक्का लागेको छ । जोर्डनमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, जोर्डनका राजा अब्दुल्लाह र फलस्तीनी र मिश्रका नेताहरुको अहम बैठक तय गरिएको थियो । यो बैठक अस्पतालमा हमलापछि रद्ध भएको छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ