२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिस्ट अस्पतालले गर्‍यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण

किस्ट अस्पतालले गर्‍यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण


काठमाडौं– ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमै पहिलोपल्ट एकै व्यक्तिमा एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । अस्पतालले भरतपुरकी ३३ वर्षीया सोनाकुमारी थापा भुजेलको दुवै अङ्ग (मिर्गौला र कलेजो) एकैचोटी प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज  बज्राचायले बताए ।

सोमबार बिहान ११ बजेदेखि मङ्गलवार बिहान ५ बजेसम्म १८ घण्टा लगाएर सोनाको कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको हो ।

अस्पतालका निर्देशक बज्राचार्यका अनुसार सोनालाई जन्मजात रोगका कारण मिर्गौलामा समस्या आएको थियो । जसका कारण कलेजोमा समेत असर परेको थियो । उनलाई श्रीमानले कलेजो र आफ्नै भाउजूले मिर्गौला दान गरेका थिए ।

मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने कार्य किस्ट मेडिकल कलेजका वरिष्ठ कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञको टोलीले भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका ७ जना वरिष्ठ प्रत्यारोपण विशेषज्ञको टोलीले १८ घण्टा लगाएर सम्पन्न गरेको हो ।

प्रत्यारोपणपछि बिरामी र अङ्गदाताको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनीहरूलाई प्रत्यारोपणपछि राखिने पोस्ट अपरेटिभ केयर युनिटमा क्रिटिकल केयर व्यवस्थापनको प्रत्यक्ष रेखदेखमा राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ