२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका

ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका


इङ्गल्याण्डमा कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनले अप्रिलको अन्त्यसम्ममा २५ हजारदेखि ७५ हजार नागरिकको ज्यान लिन सक्ने दावी गरिएको छ । दक्षिण अफ्रिकाको लन्डन स्कूल र स्टेलेनबोस्च विश्वविद्यालयको संयुक्त अध्ययनमा उक्त दाबी गरिएको हो ।

बेलायतमा शनिबार ६ सय नयाँ संक्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिका पछि ओमिक्रोन सबैभन्दा छिटो प्रसार यहाँ भइरहेको छ। यसबाट बच्न खोप बढाउन सुझाव दिइएको छ। अर्कोतर्फ अमेरिकाका ५० मध्ये २७ राज्यमा यसको पुष्टि भएको छ । यहाँ ४३ केसहरु पुष्टि भैसकेका छन् , जसमध्ये ३४ जना अहिले पूर्ण रूपमा ठीक छन्।

खोपको दुबै डोज लिएका धेरै व्यक्तिमा संक्रमण भेटिएको छ। तर, १४ केस त बुस्टर डोज लगाएकामा पनि देखिएको थियो। यो अवस्थालाई मध्यनजर गर्दै इजरायल, मोरक्को, जापान जस्ता देशले विदेशी यात्रुलाई आउन प्रतिबन्ध लगाउन थालेका छन् ।

यो नयाँ वैज्ञानिक विश्लेषणले सामाजिक जमघटमा प्रतिबन्ध नलिए आगामी वर्षको जनवरीदेखि कोरोना भाइरसको नयाँ प्रजातिबाट उत्पन्न हुने संक्रमणको ‘ठूलो लहर’ देशले सामना गर्न सक्ने चेतावनी दिएको छ । एलएसएचटिएम विश्लेषण अनुसार हाल इङ्गल्याण्डमा संक्रमण बढिरहेको दरले अन्ततः अस्पतालहरूमा भर्ना हुनेहरूको संख्यामा ठूलो वृद्धि हुनेछ।

बेलायतमा ‘ओमिक्रोन’का ४४८ नयाँ केसहरू रिपोर्ट गरिएको छ। योसँगै देशमा नयाँ भेरियन्टबाट संक्रमित हुने संख्या एक हजार २६५ पुगेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ