२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठविश्वदिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स

दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स


भारतको राजधानी नयाँ दिल्लीमा ओमिक्रोन पुष्टि भएको छ । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको दिल्लीका स्वास्थ्य मन्त्री सत्येंद्र जेनले जनाएका हुन् ।

यससँगै भारतमा अहिलेसम्म ५ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण फेला परेको हो । हालसम्म गुजरातको जामनगर, मुम्बई र कर्नाटकमा ओमिक्रोनको केस पाइएको छ । हालसम्म विश्वका ३८ देशमा ओमिक्रोन संक्रमित फेला परे।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर बढ्दो चिन्ताका बीच आइतबारदेखि अन्तर्राष्ट्रिय यात्रुका लागि भारतले नयाँ निर्देशिका लागू गरेको छ । जोखिममा रहेका देशबाट आउने यात्रुले आरटी–पिसिआर परीक्षण गराउनुपर्ने बताइएको छ । नतिजा नआएसम्म यात्रुले विमानस्थलमै कुर्नुपर्नेछ । सबै विमानस्थलमा थप RT-PCR सुविधाको व्यवस्था गरिनेछ।

‘जोखिममा रहेका’ देश बाहेक अन्य देशका यात्रुलाई विमानस्थलबाट बाहिर निस्कन दिइनेछ। उनीहरुले १४ दिनसम्म सेल्फ मोनिटरिङ गर्नुपर्नेछ । ओमिक्रोनको खतराको श्रेणीबाट बाहिरिएका देशहरूबाट आउने यात्रुमध्ये ५ प्रतिशतको अवश्य परीक्षण गरिनेछ। यसअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुहरूले हवाई सुविधा पोर्टलमा उपलब्ध स्व-घोषणा फारममा उडानमा चढ्नुअघि १४ दिनको आफ्नो ट्राभल हिस्ट्री दिनुपर्नेछ ।

-एजेन्सी


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ