२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वमोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन्

मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन्

भन्छिन्, ‘मोदी पावर र सादगीका बेजोड कम्बिनेसन’


पाकिस्तान स्वतन्त्र भएको ७६ वर्ष भइसकेको छ । खैबर पख्तूनख्वाको बुनेर सिट पनि स्वायत्त राज्यबाट सन् १९६८ मा पाकिस्तानमा सामेल भयो । अहिले ७६ वर्षपछि यो पहिलो मौका हो जसमा एक हिन्दु महिला उम्मेदवारलाई खैबर पख्तून प्रान्तको बुनेर जिल्लाबाट हिन्दु महिला उम्मेदवारले बनेकी छन् ।

पाकिस्तानमा ८ फ्रेबुअरी २०२४ मा हुने आम चुनावका लागि डा. सवीरा प्रकाश उम्मेदवार बनेकी छन् । १६ औं नेशनल एसेम्बलीका लागि हुने उक्त चुनावमा सबेर जिल्लाबाट उम्मेदवार हुन लागेकी डा. सबीरा मेडिकल चिकित्सक हुन् । उनका बुवा ओम प्रकाश पछिल्लो ३५ वर्षदेखि पाकिस्तान पिपुल्स पार्टीमा आवद्ध छन् ।

डा. सवीरालाई बिलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले उम्मेदवार बनाएको हो । ‘खैबर पख्तूनख्वा प्रान्तमा कुनै जनरल सिटमा हिन्दु महिलालाई टिकट मिलेको यो सायद पहिलो मौका हो,’ २५ वर्षीय सविरालाई उदृत गर्दै दैनिक भाष्करले लेखेको छ, ‘टिकट पाएदेखि मानिसहरुको निकै माया प्राप्त भइरहेको छ । मानिसहरु मलाई हिन्दु महिला होइन्, ‘बुनेरकी छोरी’ भनिरहेका छन् ।’

डा. सवीरा आफूलाई नरेन्द्र मोदी नेताका रुपमा मनपर्ने कुरा बताउन पनि हिचकिचाउदिनन् ।

डा. सवीराले सन् २०२२ मा एबटावादा इन्टरनेशनल मेडिकल कलेजबाट एमबीबीएस गरेकी थिइन् । त्यसपछि उनले सोही मेडिकल कलेजमा जागिर सुरु गरेकी थिइन् । उनका पिता ओमप्रकाश र उनकी आमा पनि चिकित्सक हुन् ।

डा. सवीरा बुनेरमा पाकिस्तान पिपुल्स पार्टीकी महिला विङ्गकी महासचिव समेत रहिसकेकी छिन् । उनले पाकिस्तानमा सीमान्तकृतहरुमा रहेको गरिबी निवारणका लागि शिक्षा, हेल्थकेयर, भौतिक पूर्वाधारलगायतमा जोड दिनुपर्ने बिचार राखेकी छन् ।

डा. सविराले आफूलाई ‘बुनेरकी छोरी’सँगै ‘भारत—पाकिस्तानका ब्रीज’ भनिएको पनि आफ्नो अन्तर्वार्तामा उल्लेख गरेकी छन् । उनले त्यही कारण भारत र पाकिस्तानबीचको सम्बन्ध सुधारका लागि आफ्नो दायित्व हुने बताइन् ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ