२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार

शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार


नुवाकोट—नुवाकोटको शिवपुरी गाउँपालिका—६, समुद्रदेवीमा आयोजित निःशुल्क दन्त शिविरमा ६६ जनाले दाँतको परीक्षण तथा उपचार गराएका छन् । २७ असोजमा आयोजित शिविरमा दाँत निकाल्ने, भर्ने तथा सफा गर्नेलगायतका सेवा प्रदान गरिएको थियो ।

बीएम फाउन्डेसनको आयोजनामा तथा रोटरी क्लब अफ न्यातपोल, रोटरी क्लब अफ ग्रिनल्यान्ड काठमाडौं, रोटरी क्लब अफ बूढानीलकण्ठ र रोटरी क्लब अफ काठमाडौं नर्थको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो । कार्यक्रममा कान्तिपुर डेन्टल कलेजको प्राविधिक सहयोग रहेको थियो ।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीका सदस्य तथा बीएम फाउन्डेसनका संस्थापक डा. बुद्धिमान श्रेष्ठले कार्यक्रमको समन्वय गरेका थिए ।

शिविरमा दुई जना दन्त विशेषज्ञ, छ जना चिकित्सक, एक जना डेन्टल हाइजिनिस्ट, एक जना स्वास्थ्य सेवा व्यवस्थापक र एक जना चालकसहितको टोली परिचालन गरिएको थियो ।

शिविरमा १५ जनाको दाँत निकालिएको, १८ जनाको दाँत भरिएको र ११ जनाको दाँत सफा गरिएको र १८ जनालाई औषधि प्रेस्क्राईब गरी अस्पतालमा रेफर गरिएको आयोजकले जनाएको छ । त्यस्तै, ६६ जनाको दन्त परीक्षण गर्दा १००५ सेवाग्रहीमा दाँत किराले खाएको (दन्त सडन) भेटिएकोले सबैलाई मुख तथा दाँतको स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरिएको थियो।

ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र स्थानीय बासिन्दालाई मुख तथा दाँतको सरसफाइप्रति सचेत बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको डा. श्रेष्ठले बताए।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ