२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो

वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो


काठमाडौं—काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि बनेका अनधिकृत संरचनामा हटाउन सुरु गरेको छ ।

बिहीबार दिउँसो महानगरको टोलीले वीर अस्पताल अगाडि सरकारी जग्गा मिचेर बनाइएका अनधिकृत संरचनाहरुमा सञ्चालनमा रहेका 8 वटा फार्मेसीहरुमा डोजर चलाएको हो ।

महानगरपालिकाले बुधबार २४ घण्टाभित्र अनधिकृत संरचना हटाउन अल्टिमेटम दिएको थियो । तर, फार्मेसी सञ्चालकहरुले एक हप्ताको समय मागेका थिए ।

तर, महानगरले तोकिएको समयभित्रै डोजर लगाएर फार्मेसी रहेको अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)