२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै

नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै


अमेरिका र युरोपका हजारौ मानिसले नयाँ एचआईभी खोप परीक्षण सुरु गर्ने भएका छन् । यही सेप्टेम्बरदेखि उनीहरुले खोप परीक्षण गर्ने भएका हुन् ।

४० वर्षसम्म एक सयभन्दा बढी खोपको परीक्षणपछि ल्याइएको नयाँ औषधीले एचआईभी प्रतिरोध क्षमता दुई वर्षसम्म बढाउने नेचर न्युजले जनाएको छ । खोपले राम्रो काम गर्छ भनेर अहिल्यै दाबी गर्नु हतार हुनेछ तर, सो खोप क्लिनिकल परीक्षणको तेस्रो चरणमा पुग्नु चिकित्सक तथा बिरामीका लागि शुभ संकेत मानिएको छ ।

खोपको परीक्षण ८ ओटा देशमा गरिनेछ । खोपका लागि परीक्षणमा सहभागी हुनेमध्ये ३८ सय जना विपरित लिंगी र समलिंगी पुरुष हुने जनाइएको छ ।

परीक्षण अध्ययनमा सहभागीमध्ये आधालाई एक वर्षको अवधिमा खोपका चार ओटा सुई दिइनेछ भने बाँकीलाई प्लेस्बो दिइनेछ ।
विश्वका सिन्थेटिक एचआईभ जीनसहितको निस्कृय चिसा भाईरसबाट खोप निर्माण गरिएको हो ।

वास्तविक खोप पाएका सहभागीमध्ये कम्तिमा ६५ प्रतिशत एचआईभी संक्रमणबाट सुरक्षित हुने वैज्ञानिकहरुले अपेक्षा गरेका छन । तर, परीक्षण अध्ययनको यो नतिजा सन २०२३ अगाडि नआउने उनीहरुको भनाई छ ।


एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ