२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग

नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग


काठमाडौँ – अमेरिकाको ग्रेडिएन हेल्थ सिस्टम र नेपाल-अमेरिका मेडिकल फाउन्डेसनले नेपालका ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग गरेको छ।

नेपाल-अमेरिका मेडिकल फाउन्डेसन र ग्रेडिएन हेल्थ सिस्टमको सहयोगमा राष्ट्रिय आविस्कार केन्द्रमार्फत सोमबार ५० थान भेन्टिलेटर स्वास्थ्य मन्त्रालयअन्तर्गत ९ वटा सरकारी अस्पताललाई हस्तान्तरण गरिएको छ ।

तीनवटै संस्थाले देशभर छरिएका अस्पतालमा भेन्टिलेटर, आवश्यक प्राविधिक तालिम र निरन्तर प्राविधिक सहयोग गर्न सम्झौता गरेका थिए।

ग्रेडिएनले निर्माण गरेको सो भेन्टिलेटर स्वास्थ्य मन्त्रालयमार्फत वीर अस्पताललाई १० थान सहयोग गरिएको छ । विपी कोइराला विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, टिकापुर अस्पताल, मेची अस्पताल, त्रिसुली अस्पताल, पोखरा विज्ञान प्रतिष्ठान र वीरगञ्जको नारायणी क्षेत्रीय अस्पताल पनि ५/५ थान भेन्टिलेटर वितरण गरिएको छ।

यसअघि पनि अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले वीर र त्रिवि शिक्षण अस्पताललाई हाई फ्लो नेजल क्यानुला उपलब्ध गराएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ