२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको सदरमुकाम खलङ्गा सिल

जुम्लाको सदरमुकाम खलङ्गा सिल


जुम्ला –  जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।

चन्दनाथ नगपालिका अर्थात सदरमुकाम खलङ्गाको पुर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने, ‘विहिबार ३ बजेदेखि लागुहुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात नगरपालिका क्षेत्र ‘कन्टयाक ट्रेसिङ गर्न सिल गरिएको हो ।’

दुई दिनमा २७ जना स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुप मंंगल समालले जानकारी दिए । उनले भने, ‘अहिले आकस्मिक बाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ