२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान

चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान


चरिकोट—संस्था स्थापना दिवसको अवसरमा चेम्वर अफ कमर्शले रक्तदान कार्यक्रम आयोजना गरेको छ । दोलखा चेम्बर अफ कमर्सको छैटौं स्थापना दिवसको अवसरमा चरिकोट सदरमुकाममा खुला रक्तदान आयोजना गरिएको हो ।

‘रक्त दान, जीवन दान’ भन्ने नारालाई साकार पार्नको लागि रक्तदान कार्यक्रम गरिएको दोलखा चेम्वर अफ कमर्सका सचिव रुद्रजंग बुढाथोकीले बताए । खुला रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।

दोलखा चेम्वर अफ कमर्सका अध्यक्ष विष्णुु श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुुराम घतानीको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख घतानीले रक्तदातालाई ब्लड व्याग वितरण गरेर कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रहरी नायव उपरीक्षक गंगा त्रप्रसाद पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख राजन शर्मा, तारा दल गणका मेजर शक्ति केसी, सशस्त्र प्रहरी बल १८ नम्बरका शेखर कार्कीलगायतको उपस्थित रहेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र तारादल गण चरिकोटको सहकार्यमा भएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ