२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशक्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी

क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी


चरिकोट—दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौ जनाले स्वास्थ्य सेवा लिएका लिएका छन् ।

८ नम्बर वडाको आयोजना तथा लालीगुराँस सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त एक दिने शिविरमा एक सय ७२ जनाले निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्स–रे, मुटुको इसिजी, मुटु, मिर्गौलाको जाँच, स्त्री रोग, पाठेघरको मुखको क्यान्सर तथा हात खुट्टा पोल्ने र झमझमाउनेलगायतको परीक्षण गरिएको हो ।

शिविरमा विशेष गरी महिलाहरूको बाक्लो उपस्थिती रहेको थियो । शिविरमा स्वास्थ्य परीक्षण गर्दा विभिन्न रोग देखा परेका महिलाहरूलाई औषधि समेत वितरण गरिएको वैतेश्वर गाउँपालिका–८ का वडाअध्यक्ष शान्तबहादुर जिरेलले जानकारी दिए ।

शिविरलाई लालीगुराँस सामुदायिक अस्पतालका डा. सुरेन्द्र तामाङ र विवेक सापकोटाले सहजीकरण गरेका थिए । शिविरमा ७४ जनाको भिडियो एक्स–रे, १२ जनाको इसिजी र अन्यलाई जनरल जाँच गरिएको थियो ।

वडाले शिविरको अवसर पारेर वडाका स्वास्थ्य बीमा गर्न छुटेका ज्येष्ठ नागरिकहरुको बीमासँगै सामाजिक सुरक्षा भत्तासमेत स्वास्थ्य चौकीबाटै वितरण गरेको थियो ।

वैतेश्वर गाउँपालिकाले यसअघि वडा नम्बर २ र ५ मा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ग्रामीण भेगका दुई सय ८६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ