२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’

काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा अत्याधिक प्रदुषण बढेपछि अनावश्यक घरबाहिर ननिस्कन आग्रह गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले बाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य मास्क लगाउन समेत अनुरोध गरेको छ ।

वर्ल्ड एयर क्वालिटी इन्डेक्स (एक्युआई)को वायु प्रदुषणको सूचीमा काठमाडौं अग्रस्थानमा छ । त्यही कारण मन्त्रालयले वायु प्रदुषणबाट जोगिनका लागि आग्रह गरेको हो ।

‘वायु प्रदुषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर पु¥याउनका साथै दम क्यान्सर आदिको जोखिम पनि बढाउँछ,’ स्वास्थ्य मन्त्रालयले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘वायु प्रदुषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दैं बच्चा जन्मिुन पर्ने जोखिमसमेत हुन्छ ।’

मन्त्रालयकाअनुसार नेपालमा वायु प्रदुषणबाट वर्षेनी हुने मृत्युमा बढीजसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र वृद्धवृद्धाहरुमा जोखिम उच्च छ । ‘वायु प्रदुषणबाट जोगिन बाहिर यात्रा गर्दा अनिवार्य मास्क लगाउने, सकेसम्म अनावश्यक घर बाहिर ननिस्कने, यात्रा नगर्ने, अत्याधिक प्रदुषित क्षेत्रहरुबाट टाढा रहन अनुरोध गर्दछौं,’ मन्त्रालयले भनेको छ ।

यस्तै, मन्त्रालयले गर्मी बढेका कारण बिरामी चाप अस्पतालमा बढेको उल्लेख गर्दै तातो हावा लागेको समय बाहिर हिडडूल नगर्न र झोलिलो पदार्थहरु पर्याप्त मात्रामा सेवन गर्न समेत आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ