२०८२ असोज २, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी

स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी

चैतसम्मको २५ प्रतिशत पेश्की पनि पठाइयो


काठमाडौं—स्वास्थ्य बीमाले अघिल्लो आर्थिक वर्षको बक्यौताअन्तर्गतको ४ अर्ब ३५ करोड रुपैयाँ अस्पतालहरुलाई निकासा गरेको छ ।

गत हप्ता बसेको बोर्ड बैठकले गत आर्थिक वर्षको असोजसम्मको सम्पूर्ण बक्यौता चुक्ता गर्ने निर्णयअनुसार २९६ वटा स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

यसअघि स्वास्थ्य बीमा बोर्डले कात्तिकदेखि चैतसम्मको पेश्कीस्वरुप २५ प्रतिशत रकम उपलब्ध गराइसकेको छ ।

१५ जेठको बजेट भाषणमा निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमाको बाँकी रहेको बक्यौता पर्स्योट गर्ने र चालु आर्थिक वर्षका लागि १० अर्ब छुट्याएका थिए ।

तर, हालसम्म गत वर्षकै १५ अर्ब ३३ करोडभन्दा बढी बक्यौता रकम बोर्डले स्वास्थ्य संस्थालाई तिर्नुपर्ने रकम बाँकी छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले अहिलेसम्म गत वर्षको असोजसम्मको सम्पूर्ण बक्यौता रकम फरफारक भएको र चैतसम्मको पेश्की रकम पनि भुक्तानी भइसकेको जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ