२०८३ भदौ २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने

प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने


काठमाडौं—वरिष्ठ युरोलोजिष्ट तथा युरो सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले रसुवाको भोटेकोशी बाढी प्रभावितहरुलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् । आइतबार डा. ज्ञवालीले भोटेकोशीको बाढी पीडित सम्पूर्ण बिरामीहरु तिनका परिवारका ५ वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

‘अहिलेसम्म आफूले गरेको आर्थिक सहयोगपछि पनि आगामी ५ वर्षसम्म भोटेकोशी बाढी पीडितका सम्पूर्ण बिरामीहरु र उनका परिवारहरुलाई आगामी २०८८ सालसम्म मेरो तर्फबाट मिर्गौला र मुत्ररोगको बारेमा आवश्यक पर्ने सम्पूर्ण उपचार निःशुल्क प्रदान गर्ने प्रतिवद्धता जनाएको छु,’ उनले आफ्नो फेसबुकमार्फत भनेका छन् ।

डा. ज्ञवालीले आफ्नो सेवा लिएका कारण बिरामीले कुनै रकम तिर्नु नपर्ने घोषणा गरेका छन् । त्यसबाहेक अस्पतालका लागि तिर्नुपर्ने बाँकी रकम भने बिरामीले तिर्नुपर्नेछ ।

वरिष्ठ युरो सर्जन प्रा.डा. ज्ञवाली अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ