२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुनिलराम कोइरालाको सल्लाहः ब्रेन ह्यामरेजबाट यसरी बच्न सकिन्छ

डा. सुनिलराम कोइरालाको सल्लाहः ब्रेन ह्यामरेजबाट यसरी बच्न सकिन्छ


ब्रेन ह्यामरेजलाई नेपालीमा ‘मस्तिष्क रक्तस्राव’ पनि भनिन्छ । मानव मस्तिष्कमा भएको विभिन्न धमनीहरु कहिलेकाहीं विभिन्न कारणवश फुट्ने हुन्छ । जसकारण मस्तिष्कमा रक्तस्राव हुन पुग्दछ । र, मस्तिष्कमा देखा पर्ने यसै अवस्थालाई ब्रेन ह्यामरेज भनिन्छ ।

विभिन्न कारणवश मस्तिष्कमा आघात हुदा मस्तिष्कको उक्त भागहरु सुनिन पुग्दछ । मस्तिष्कको यस्तो अवस्थालाई चिकित्सा क्षेत्रमा ‘सेरेब्रल इडेमा’ भनेर चिनिन्छ । उक्त सुन्निएको भागको कारण मस्तिष्कको भागमा रक्त प्रवाहमा असर पुग्न गई त्यहाँ रहेका कोषहरु मर्दछ । र, फलस्वरुप मस्तिष्क भित्र नै रक्तस्राव हुन थाल्दछ । व्यक्तिमा यसरी ब्रेन ह्यामरेजको समस्या देखा पर्ना साथ बिरामीलाई चिकित्सककोमा लैजानु पर्दछ । अन्यथा यसले गम्भीर रुप समेत लिन सक्दछ ।

यसका लक्षणहरु

विभिन्न रोगहरुको लक्षणजस्तै यसका पनि केही लक्षणहरु रहेका छन् । जसले व्यक्तिलाई ब्रेन ह्यामरेज भए वा नभएको कुरा तर्फ संकेत गर्दछ । तसर्थ निम्न लक्षणहरुका कारण हामीले व्यक्ति ब्रेन ह्यामरेजको शिकार भएको कुरा थाहा पाउन सकिन्छ :

  • अकस्मात लगातार बेस्सरी टाउको दुख्ने
  • बेहोस हुने
  • वान्ता हुने
  • रिंगटा लाग्ने
  • र, पछि गएर प्यारालाइसिसको शिकार समेत हुन सक्ने ।

ब्रेन ह्यामरेजका कारणहरु

  • अनियन्त्रित उक्तचाप
  • प्रेसरका बिरामीको अनियमित औषधि सेवन प्रवृत्ति
  • ‘एन्युरिजम’ अर्थात् मस्तिष्कको नशाहरु फुलेर फुटेमा
  • ब्लिडिङ डिसअर्डर
  • रगत उत्पादन गर्ने कतिपय औषधिको सेवन
  •  मादक पदार्थजस्ता कुनै टक्सिसहरुको बढी सेवन
  •  ब्रेन ट्युमर ।

रोकथाम तथा उपचारका उपायहरु

विभिन्न अनुसन्धानहरुले ब्रेन ह्यामरेजको शिकार भएका व्यक्तिहरुमध्ये ५० प्रतिशत बिरामीको अस्पताल समेत पुग्न नपाउँदै मृत्यु हुने र अन्य उपचार पाएका व्यक्तिहरुमध्ये पनि केही कालान्तारमा फेरि पनि उही समस्या दोहोरिन सक्ने नतिजा निकालेका छन् । यस अर्थमा भन्नुपर्दा सकेसम्म ब्रेन ह्यामरेज हुनबाट जोगिनु पर्दछ ।

यसका निम्ति हामीले समय समयमा प्रेसर जाँच गर्ने, कुलतबाट टाढा रहने तथा नियमित स्वास्थ्य परीक्षण गराउनु पर्दछ । यो रोग लाग्नबाट बच्नुपर्छ भन्नुको अर्थ यो रोगको उपचार छैन भन्ने चाहिं पक्कै होइन । कुनै पनि व्यक्तिमा माथि उल्लेखित समस्याहरु देखा परेको खण्डमा भने हामीले उनीहरुलाई तुरुन्त अस्पताल पु¥याउनु पर्दछ ।

उचित उपचारपछि उनीहरुमा देखा परेको प्यारालाइसिसको समस्या ठिक भएतापनि उनीहरुमा जुनसुकै बेला पनि उक्त समस्या पुनः दोहोरिन सक्ने भएकोले यस्ता बिरामीहरु सम्बन्धित चिकित्सकको नियमित सम्पर्कमा रहनु पर्दछ ।
प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ