२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. सुनिलराम कोइरालाको सल्लाहः ब्रेन ह्यामरेजबाट यसरी बच्न सकिन्छ

डा. सुनिलराम कोइरालाको सल्लाहः ब्रेन ह्यामरेजबाट यसरी बच्न सकिन्छ


ब्रेन ह्यामरेजलाई नेपालीमा ‘मस्तिष्क रक्तस्राव’ पनि भनिन्छ । मानव मस्तिष्कमा भएको विभिन्न धमनीहरु कहिलेकाहीं विभिन्न कारणवश फुट्ने हुन्छ । जसकारण मस्तिष्कमा रक्तस्राव हुन पुग्दछ । र, मस्तिष्कमा देखा पर्ने यसै अवस्थालाई ब्रेन ह्यामरेज भनिन्छ ।

विभिन्न कारणवश मस्तिष्कमा आघात हुदा मस्तिष्कको उक्त भागहरु सुनिन पुग्दछ । मस्तिष्कको यस्तो अवस्थालाई चिकित्सा क्षेत्रमा ‘सेरेब्रल इडेमा’ भनेर चिनिन्छ । उक्त सुन्निएको भागको कारण मस्तिष्कको भागमा रक्त प्रवाहमा असर पुग्न गई त्यहाँ रहेका कोषहरु मर्दछ । र, फलस्वरुप मस्तिष्क भित्र नै रक्तस्राव हुन थाल्दछ । व्यक्तिमा यसरी ब्रेन ह्यामरेजको समस्या देखा पर्ना साथ बिरामीलाई चिकित्सककोमा लैजानु पर्दछ । अन्यथा यसले गम्भीर रुप समेत लिन सक्दछ ।

यसका लक्षणहरु

विभिन्न रोगहरुको लक्षणजस्तै यसका पनि केही लक्षणहरु रहेका छन् । जसले व्यक्तिलाई ब्रेन ह्यामरेज भए वा नभएको कुरा तर्फ संकेत गर्दछ । तसर्थ निम्न लक्षणहरुका कारण हामीले व्यक्ति ब्रेन ह्यामरेजको शिकार भएको कुरा थाहा पाउन सकिन्छ :

  • अकस्मात लगातार बेस्सरी टाउको दुख्ने
  • बेहोस हुने
  • वान्ता हुने
  • रिंगटा लाग्ने
  • र, पछि गएर प्यारालाइसिसको शिकार समेत हुन सक्ने ।

ब्रेन ह्यामरेजका कारणहरु

  • अनियन्त्रित उक्तचाप
  • प्रेसरका बिरामीको अनियमित औषधि सेवन प्रवृत्ति
  • ‘एन्युरिजम’ अर्थात् मस्तिष्कको नशाहरु फुलेर फुटेमा
  • ब्लिडिङ डिसअर्डर
  • रगत उत्पादन गर्ने कतिपय औषधिको सेवन
  •  मादक पदार्थजस्ता कुनै टक्सिसहरुको बढी सेवन
  •  ब्रेन ट्युमर ।

रोकथाम तथा उपचारका उपायहरु

विभिन्न अनुसन्धानहरुले ब्रेन ह्यामरेजको शिकार भएका व्यक्तिहरुमध्ये ५० प्रतिशत बिरामीको अस्पताल समेत पुग्न नपाउँदै मृत्यु हुने र अन्य उपचार पाएका व्यक्तिहरुमध्ये पनि केही कालान्तारमा फेरि पनि उही समस्या दोहोरिन सक्ने नतिजा निकालेका छन् । यस अर्थमा भन्नुपर्दा सकेसम्म ब्रेन ह्यामरेज हुनबाट जोगिनु पर्दछ ।

यसका निम्ति हामीले समय समयमा प्रेसर जाँच गर्ने, कुलतबाट टाढा रहने तथा नियमित स्वास्थ्य परीक्षण गराउनु पर्दछ । यो रोग लाग्नबाट बच्नुपर्छ भन्नुको अर्थ यो रोगको उपचार छैन भन्ने चाहिं पक्कै होइन । कुनै पनि व्यक्तिमा माथि उल्लेखित समस्याहरु देखा परेको खण्डमा भने हामीले उनीहरुलाई तुरुन्त अस्पताल पु¥याउनु पर्दछ ।

उचित उपचारपछि उनीहरुमा देखा परेको प्यारालाइसिसको समस्या ठिक भएतापनि उनीहरुमा जुनसुकै बेला पनि उक्त समस्या पुनः दोहोरिन सक्ने भएकोले यस्ता बिरामीहरु सम्बन्धित चिकित्सकको नियमित सम्पर्कमा रहनु पर्दछ ।
प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ