गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो मानदत्त रावल शुक्रबार, २०७७ असोज १६ गते, १४:०४ मा प्रकाशित जुम्ला – कर्णालीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्युसहित मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार असोज १३ गते घरमै मृत्यु भएकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो । भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पीपीरामा बस्दै आएकी थिइन् । जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले पोष्टमार्टम अघि कोरोना परीक्षण गरिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको बताए । उनका अनुसार एकै दिन श्रीमान–श्रीमतीको मृत्यु भएको थियो । श्रीमानको स्थानीयले मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरेका थिए । उनको पोर्टमार्टम नभएको वाग्लेले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा पहिलोपटक जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको दुल्लु नगरपालिका–७ स्थित क्वारेन्टिनमा रहेकैबेला मृत्यु भएको हो । यस्तै जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनी होमक्वारेन्टिनमा थिए । जेठ २२ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १८ वर्षीय युवकको मृत्यु भयो । क्वारेन्टिनबाट घर फर्केकै बेलुका ति युवकको मृत्यु भएको थियो । असार १ गते सुर्खेतकै सिम्ता गाउँपालिका–८ कि २५ वर्षीया महिलाको मृत्यु भयो । आत्महत्या गरेकी महिलाको पछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । असार ८ गते दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भयो । उनको कर्णाली प्रदेश अस्पताल कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो भने असार ९ गते दुल्लु नगरपालिका–१० का २१ वर्षीय पुरुषको मृत्यु भएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा