गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो मानदत्त रावल शुक्रबार, २०७७ असोज १६ गते, १४:०४ मा प्रकाशित जुम्ला – कर्णालीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्युसहित मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार असोज १३ गते घरमै मृत्यु भएकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो । भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पीपीरामा बस्दै आएकी थिइन् । जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले पोष्टमार्टम अघि कोरोना परीक्षण गरिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको बताए । उनका अनुसार एकै दिन श्रीमान–श्रीमतीको मृत्यु भएको थियो । श्रीमानको स्थानीयले मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरेका थिए । उनको पोर्टमार्टम नभएको वाग्लेले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा पहिलोपटक जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको दुल्लु नगरपालिका–७ स्थित क्वारेन्टिनमा रहेकैबेला मृत्यु भएको हो । यस्तै जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनी होमक्वारेन्टिनमा थिए । जेठ २२ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १८ वर्षीय युवकको मृत्यु भयो । क्वारेन्टिनबाट घर फर्केकै बेलुका ति युवकको मृत्यु भएको थियो । असार १ गते सुर्खेतकै सिम्ता गाउँपालिका–८ कि २५ वर्षीया महिलाको मृत्यु भयो । आत्महत्या गरेकी महिलाको पछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । असार ८ गते दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भयो । उनको कर्णाली प्रदेश अस्पताल कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो भने असार ९ गते दुल्लु नगरपालिका–१० का २१ वर्षीय पुरुषको मृत्यु भएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता धेरै पढिएका १ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ४ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन ५ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ६ नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? ७ ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर TFN ट्रेण्डिङ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी