गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो मानदत्त रावल शुक्रबार, २०७७ असोज १६ गते, १४:०४ मा प्रकाशित जुम्ला – कर्णालीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्युसहित मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार असोज १३ गते घरमै मृत्यु भएकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो । भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पीपीरामा बस्दै आएकी थिइन् । जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले पोष्टमार्टम अघि कोरोना परीक्षण गरिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको बताए । उनका अनुसार एकै दिन श्रीमान–श्रीमतीको मृत्यु भएको थियो । श्रीमानको स्थानीयले मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरेका थिए । उनको पोर्टमार्टम नभएको वाग्लेले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा पहिलोपटक जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको दुल्लु नगरपालिका–७ स्थित क्वारेन्टिनमा रहेकैबेला मृत्यु भएको हो । यस्तै जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनी होमक्वारेन्टिनमा थिए । जेठ २२ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १८ वर्षीय युवकको मृत्यु भयो । क्वारेन्टिनबाट घर फर्केकै बेलुका ति युवकको मृत्यु भएको थियो । असार १ गते सुर्खेतकै सिम्ता गाउँपालिका–८ कि २५ वर्षीया महिलाको मृत्यु भयो । आत्महत्या गरेकी महिलाको पछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । असार ८ गते दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भयो । उनको कर्णाली प्रदेश अस्पताल कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो भने असार ९ गते दुल्लु नगरपालिका–१० का २१ वर्षीय पुरुषको मृत्यु भएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ कसरी गर्ने छालाको हेरचाह ? ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु