गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो मानदत्त रावल शुक्रबार, २०७७ असोज १६ गते, १४:०४ मा प्रकाशित जुम्ला – कर्णालीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्युसहित मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार असोज १३ गते घरमै मृत्यु भएकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो । भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पीपीरामा बस्दै आएकी थिइन् । जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले पोष्टमार्टम अघि कोरोना परीक्षण गरिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको बताए । उनका अनुसार एकै दिन श्रीमान–श्रीमतीको मृत्यु भएको थियो । श्रीमानको स्थानीयले मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरेका थिए । उनको पोर्टमार्टम नभएको वाग्लेले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा पहिलोपटक जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको दुल्लु नगरपालिका–७ स्थित क्वारेन्टिनमा रहेकैबेला मृत्यु भएको हो । यस्तै जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनी होमक्वारेन्टिनमा थिए । जेठ २२ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १८ वर्षीय युवकको मृत्यु भयो । क्वारेन्टिनबाट घर फर्केकै बेलुका ति युवकको मृत्यु भएको थियो । असार १ गते सुर्खेतकै सिम्ता गाउँपालिका–८ कि २५ वर्षीया महिलाको मृत्यु भयो । आत्महत्या गरेकी महिलाको पछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । असार ८ गते दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भयो । उनको कर्णाली प्रदेश अस्पताल कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो भने असार ९ गते दुल्लु नगरपालिका–१० का २१ वर्षीय पुरुषको मृत्यु भएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य… हुम्लाका महिलामा रक्तअल्पताको समस्या बढ्दो जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान बिग्रिएको दुई महिनासम्म बनेन धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ६ योग के हो ? यसका प्रकार र फाइदा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कसरी गर्ने आँखाको स्याहार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कसरी गर्ने आँखाको स्याहार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो?