२०८३ असोज ४, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं

जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं


जुम्ला—जुम्लाको एक नगरपालिका र ७ गाउँपालिकामा करिब १३ सय छात्रालाई पाठेघर मुखको क्यान्सर विरुद्ध (एचपीभी) खोप लगाउन थालिएको छ । ५ र ६ असोजमा यहाँका ८४ खोप केन्द्रमा कक्षा ६ अध्ययन छात्रा एक हजार २५७ जना र विद्यालय नजाने १० वर्ष उमेर समुहका ३५ जना छात्रा गरी एक हजार २९२ जना छात्रालाई एचपीभी खोप लगाउन थालिएको हो ।

जनस्वास्थ्य कार्यालय सेवा जुम्लाका प्रमुख किरण शर्माका अनुसार ५ र ६ असोजमा सञ्चालन हुने पाठेघर मुखको क्यान्सर विरुद्ध (एचपीभी) खोप अभियानको तयारी पुरा भएको छ । एचपीभी खोप अभियान सञ्चालन गर्न चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी १७ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी, पातारासीमा १२ वटा, तिलामा ९ वटा र गुठीचौरमा ६ वटा एचपिभी खोप केन्द्र निर्धारण गरिएको छ । तातोपानी, कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा ८/८ वटा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

एचपीभी खोप लगाउने छात्रा चन्दननाथमा २४९ जना, तातोपानीमा १८९ जना, गुठीचौरमा ११५ जना, पातारासीमा १९६ जना, तिलामा १९६ जना, तिलामा १४७ जना, हिमामा १२० जना, सिंजामा ११८ जना र कनकासुन्दरीमा १२३ जना रहेका छन् ।

३५ जना छात्रा विद्यालयबाहिर

एचपीभी खोप लगाउने तथ्यांकले अर्काे प्रश्न जन्माएको छ । शतप्रतिशत साक्षरता घोषणा गरिएको जिल्लामा १० वर्ष उमेर समुहका ३५ जना छात्रा विद्यालयबाहिर रहेको तथ्यांक देखिएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले विद्यालय नजाने १० वर्ष उमेर समुहका ३५ जना छात्रालाई एचपीभी खोप लगाउने तयारी गरेको छ ।

विद्यालय नजाने १० वर्ष उमेर समुहका छात्रा सबैभन्दा बढी १७ जना कनकासुन्दरी गाउँपालिकामा रहेका छन् । यसैगरी, पातारासी गाउँपालिकामा १० जना र सिंजा गाउँपालिकामा ८ जना रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ