२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने

स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने


काठमाडौं–नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले सुरु गर्न लागेको विभिन्न रोगको सेन्टर डाटा रजिष्ट्री कार्यक्रमअन्र्तगतको ट्रमा रजिष्ट्रीको विस्तृत कार्ययोजना तयार भएको छ ।

परिषदले एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) सँगको सहकार्यमा स्पाइन ट्रमाको सेन्टर रजिष्ट्री गर्ने सम्झौता गरेको थियो । सो सम्झौताअनुसार एएसएसएनले प्रारम्भिक विस्तृत प्रतिवेदन परिषद्लाई उपलब्ध गराएको परिषद्का उपाध्यक्ष डा. गौरवराज ढकालले बताए । सोही विस्तृत प्रतिवेदनका आधारमा दुवै संस्था मिलेर देशभरको स्पाइन ट्रमाको डाटा रजिष्ट्री कार्यक्रम संचालन हुने उनको भनाइ छ ।

परिषद र एसएसएनबीच पहिलो चरणमा उपत्यकाका ठूला ५ वटा अस्पतालमा पाइलटका गर्ने योजना रहेको उपाध्यक्ष ढकालले जानकारी दिए । ती अस्पतालहरुमा त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बीएण्डबी अस्पताल, ग्राण्डी अस्पताल र काठमाडौं मेडिकल कलेज रहेका छन् ।

परिषद्का सदस्यसचिव डा. प्रदिप ज्ञवालीले अध्ययन अनुसन्धानको लागि परिषद्ले ट्रमा रजिष्ट्रीजस्तै सबै रोगको सेन्ट्रल डिजीज रजिष्ट्रीको लागि काम गरिरहेको जानकारी दिए । ‘हामीले यो वर्षौसम्म अध्ययन अध्यापन गर्ने गराउने उदेश्यले सबै रोगको एकै स्थानमा तथ्यांक पाउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘त्यसको लागि नीतिगत कामदेखि लिएर ग्राउण्ड लेभलसम्म काम भइरहेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ