२०८३ असोज ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट

स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट


वीरेन्द्रनगर—स्वास्थ्य सेवा प्रवाहमा कालिकोटको रास्कोट नगरपालिका उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा रास्कोट नगरपालिका उत्कृष्ट भएको हो ।

स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन तथा स्वास्थ्य सूचकमा गरेको प्रगतिका आधारमा रास्कोट नगरपालिका जिल्लाका अन्य ९ स्थानीय तहभन्दा उत्कृष्ट भएको हो ।

उपलब्धि रास्कोट नगरपालिकाका लागि स्वास्थ्य क्षेत्रमा निरन्तर गरिएको प्रयास र सुधारको महत्वपूर्ण परिणामका भएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको छ। स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत, स्वास्थ्य संस्थाहरूको प्रतिबद्धता तथा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवाला निकायबीचको सहकार्यले उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख शाहीको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटले आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा नौ वटै स्थानीय तह, स्वास्थ्य सेवा कार्यालय र विकास साझेदार संस्थाहरूद्वारा सम्पादित कार्यक्रमहरूको प्रस्तुतीकरण, छलफल र समीक्षा गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा। रत्नवीर सुनारले बताए ।

जिल्लाका नौ वटा स्थानीय तहको मूल्यांकन नतिजामा स्वास्थ्य क्षेत्रमा पहिलोमा रास्कोट नगरपालिका, दोस्रोमा पचालझरना गाउँपालिका र तेस्रोमा सान्नीत्रिवेणी गाउँपालिका रहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ