गृहपृष्ठ ∕ समाचार ∕ थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो हेल्थ आवाज शनिबार, २०७७ जेठ २४ गते, १७:२० मा प्रकाशित काठमाडौं—कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटामा कैलाली र डोल्पामा मृत्यु भएका दुई जनामा कोभिड—१९ पुष्टि भएको बताए । डोल्पा जगदुल्लाका ५८ वर्षीया पुरुषको २१ जेठमा राति २ बजे मृत्यु भएको थियो । उनी १६ जेठमा सुर्खेतबाट डोल्पाका लागि हिडेका थिए । १८ जेठमा डोल्पा पुगेर क्वारेन्टाइनमा रहेका बेला राति उनको मृत्यु भएको थियो । उनी दम रोगका बिरामी थिए । मृत्युपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड—१० पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । यस्तै, २३ जेठ दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी ५५ वर्षीया महिलामा पनि कोभिड—१९ पुष्टि भएको छ । मिर्गौला रोगकी बिरामी ती महिला २१ जेठको विहान डाइलाइसिसका लागि अस्पताल पुगेकी थिइन् । उनको डाइलाइसिसकै क्रममा त्यही दिन मृत्यु भएपछि स्वाब परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा पठाइएको थियो । जसको रिपोर्टमा शनिबार कोभिड—१९ पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोभिड—१९ देखिएका मृतकको संख्या १३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ४ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु सुदूरपश्चिममा थपिए ४२ संक्रमित लहान नगरमा आज मध्य राति देखि निषेधाज्ञा अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु सुदूरपश्चिममा थपिए ४२ संक्रमित लहान नगरमा आज मध्य राति देखि निषेधाज्ञा