२०८२ वैशाख २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री

मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री


काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपाल नर्सिङ संघको इकाइ गठन भएको छ । आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा नर्स डा.प्रतिमा खत्रीको अध्यक्षतामा ११ सदस्यीय इकाइ गठन भएको हो ।

इकाइको उपाध्यक्षमा अस्मिता ढकाल, सचिवमा मञ्जु पण्डित, कोषाध्यक्षमा मीना मानन्धर निर्वाचित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यमा उमा खनाल, प्रिया पौडेल, टीना महर्जन, रिंकु शाह, रविना चौलागाई, जमुना विश्वकर्मा निर्वाचित भएका छन् ।

निर्वाचित समितिलाई सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणी गजुरेल, सेन्टरका प्रशासन प्रमुख कृष्ण देव पन्त, नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्मा, संघकी महासचिव डा. देवका आचार्य लगायतले बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै, सोसाइटी अफ कार्डियो भास्कुलर नर्सेस नेपालकी अध्यक्ष जमुना ताम्राकार सायमी, त्रिवि शिक्षण अस्पतालकी नर्सिङ इकाइ अध्यक्ष जयन्ती राईले निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

मनमोहनमा हाल २०५ जना नर्स कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ