२०८२ भदौ १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको कागजात

डा. लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको कागजात


बुटवल—राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही—३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेको कागजात सार्वजनिक गरेका छन् । मंगलबार विहान उनले फेसबुकमार्फत पहिलो श्रीमती सुलोचना घिमिरेसँग सम्बन्ध बिच्छेद भएका कागजात सार्वजनिक गरेका हुन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ न्यूरोलोजिष्ट डा थापालाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । रास्वपाले उनलाई उम्मेदवार बनाएसँगै उनको विवाह सम्बन्धलाई लिएर प्रश्न उठेको थियो । त्यसपछि डा. थापाले सोमबार पत्रकार सम्मेलन तय गरे थिए तर त्यो सम्मेलन बीचमै स्थगित गरिएको थियो ।

मंगलबार विहानै थापाले फेसबुकमार्फत आफ्नो विवाह सम्बन्धमाथि उठेका प्रश्नको उत्तर दिएका छन् । ‘प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला,’ सम्बन्ध बिच्छेदका कागजात सार्वजनिक गएको पोष्टमा उनले लेखेका छन्, ‘तर, मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरूबाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।’

डा. थापाले सार्वजनिक गरेको कागजातमा १५ माघ २०७९ मा जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको देखिन्छ ।

डा. लेखजंगले परिस्थितीका कारण दुई पटक विवाह गरेको कुरा सत्य भएको उल्लेख गर्दै एक जना श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको बताएका छन् । ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो,’ उनले भनेका छन्, ‘र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’ डा. थापाले सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि पहिलो श्रीमतीसँग पनि सौहाद्रपूर्ण सम्बन्ध रहेको बताएका छन् ।

डा. लेखजंगकी पहिलो श्रीमती सुलोचना भैरहवास्थित युनिभर्स कलेज अफ मेडिकल साइन्सेजमा कार्यरत छन् । उनकी कान्छी श्रीमती नुमा शर्मा भने काठमाडौंमा बस्दैं आएकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ