२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअपडेटः जेन—जी आन्दोलनः ट्रमा ६ जनासहित १० जना प्रदर्शनकारीको मृत्यु

अपडेटः जेन—जी आन्दोलनः ट्रमा ६ जनासहित १० जना प्रदर्शनकारीको मृत्यु


काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरमा जेन जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते भएका ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सोमबार दिउँसो झडप भएपछि घाइते भएर ट्रमामा उपचारका लागि लगिएका ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमामा १५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

निजामती कर्मचारी अस्पतालमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)मा एक जनाको मृत्यु भएको छ । त्यहाँ अन्य २० जना उपचार भइरहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ