२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजेन-जी प्रदर्शनः १६ प्रदर्शनकारीको मृत्यु, ३०० बढी घाइते

जेन-जी प्रदर्शनः १६ प्रदर्शनकारीको मृत्यु, ३०० बढी घाइते


काठमाडौं—जेन—जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा १६ जना प्रदर्शनकारी मृत्यु भएको पुष्टि भएको छ । हेल्थआवाजले विभिन्न अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार १६ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको हो ।

राजधानीका विभिन्न अस्पतालहरुमा ३०० भन्दा घाइतेको उपचार भइरहेको छ । सोमबार नयाँ बानेश्वरमा भएको जेन—जीको प्रदर्शनमा झडपका क्रममा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु हुने प्रदर्शनकारीको संख्या भने ७ पुगेको छ । मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमामा १५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीकाअनुसार अहिलेसम्म सिभिल अस्पतालमा तीन जना घाइते प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।

नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख शैलेन्द्र महासेठले जानकारी दिए । उनकाअनुसार सयौं घाइते प्रदर्शनकारीको भुँइमै राखेर अस्पतालले उपचार गरिरहेको छ ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल ९केएमसीमा दुई जनाको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए । ‘८ जना घाइते रेड जोनमा हुनुहुन्छ,’ उनले भने, ‘अन्य ४० भन्दा बढी घाइतेको उपचार भइरहेको छ । आउने क्रम जारी छ ।’ उनले आफूहरुले घाइतेको निःशुल्क उपचार गरिरहेको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ