२०८२ असोज १, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजेन-जी प्रदर्शनका घाइतेको निजी मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

जेन-जी प्रदर्शनका घाइतेको निजी मेडिकल कलेजले निःशुल्क उपचार गर्ने


काठमाडौं—एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले जेन—जी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । मंगलबार एशोसिएसनका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले एक विज्ञप्ती जारी गर्दै घाइतेहरुको निजी मेडिकल कलेजहरुले निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

‘यस आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरुको उपचारका लागि निजी मेडिकल कलेजहरुले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क उपचार सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी गराइन्छ,’ विज्ञप्तीमा छ ।

एशोसिएसनले घाइतेहरुको उपचारमा पूर्ण सम्पूर्णका साथ लाग्न समेत मेडिकल कलेजहरुलाई आग्रह गरेको छ । उसले आफ्नो अमुल्य जीवन गुमाउनेप्रति श्रद्धान्जलीसहित गहिरो दुःख समेत व्यक्त गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ