२०८२ भदौ २८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु

जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु

बाँकेस्थित सुधार गृहमा भएको झडपमा छुट्टै पाँच जनाको मृत्यु


काठमाडौं—जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबार बिहानसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरी आन्दोलनका क्रममा २९ जनाको मृत्यु पुष्टि भएको हो ।

यसैगरी, बाँकेस्थित बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । जुन प्रदर्शनका क्रममा भएका मृत्युसँग जोडिएको छ । बाल सुधारगृहमा झडप हुँदा घाइते भएका ५ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

मन्त्रालयकाअनुसार जेन—जी आन्दोलनका क्रममा सबैभन्दा बढी ट्रमा सेन्टरमा ८ जनाको मृत्यु छ । यस्तै, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३/३ जनाको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेज सिनांमगल, बयोधा अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरेन्द्र सैनिक अस्पतालमा २/२ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १३६८ जना घाइतेको देशभरका ४१ अस्पतालहरुमा उपचार भएको छ । जसमध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयकाअनुसार ३२१ जनाको विभिन्न अस्पताल भर्ना गरेर उपचार भइरहेको छ भने ६४ जनालाई अस्पतालहरुले अन्य अस्पतालमा रेफर गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ