नयाँ दिल्ली -डब्ल्यूएचओको नयाँ प्रतिवेदन “२०००–२०२४ को सुर्तीजन्य पदार्थको प्रयोगको प्रवृत्ति र २०२५–२०३० का पूर्वानुमान सम्बन्धी विश्व प्रतिवेदन” अनुसार, दक्षिण–पूर्वी एशिया क्षेत्रले सुर्तीजन्य पदार्थ प्रयोग घटाउने क्षेत्रमा विश्वकै सबैभन्दा तीव्र प्रगति गरेको छ। तर पनि यस क्षेत्रमा अझै करोड २० लाख वयस्क र ८६ लाख किशोर किशोरी सुर्तीजन्य पदार्थ प्रयोग गर्दै आएका छन्।
जनस्वास्थ्यको सुरक्षाका लागि अझ बलिया नीतिहरू, उच्च कर, विस्तारका निषेध सेवा र नयाँ निकोटिन उत्पादनहरूको नियमन अत्यावश्यक भएको डब्लुएचओ चेतावनी दिएको छ।
“प्रगति उत्साहजनक छ, तर अझै पनि लाखौँ मानिस तम्बाखु र नयाँ निकोटिन उत्पादनहरू प्रयोग गर्दै छन्। हामीले बालबालिका र भविष्यका पुस्ताहरूको सुरक्षाका लागि कार्यलाई तीव्र बनाउनै पर्छ,” डब्ल्यूएचओ दक्षिण–पूर्वी एसियाकी कार्यवाहक अधिकारी डा. क्याथरिना बोएमले बताइन्।
“दक्षिण–पूर्वी एशियाका देशहरूले बलियो राजनीतिक संकल्प, समग्र नीतिहरू र समुदायको सहभागिताबाट हासिल गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्,” उनले भनिन्। अहिलेकै अवस्थामा यो क्षेत्रले ३०% सुर्तीजन्य पदार्थ प्रयोग घटाउने विश्व लक्ष्य सन् २०२१ मै पूरा गरिसकेको छ।

पहिले सुर्तीजन्य पदार्थ सेवनको विश्व केन्द्र मानिने यस क्षेत्रले सन् २००० मा पुरुषहरूमा ७०.१% र महिलाहरूमा ३८% सुर्तीजन्य पदार्थ प्रयोग दर थियो। सन् २०२४ सम्म आइपुग्दा यो दर क्रमशः पुरुषहरूमा ३७.४% र महिलाहरूमा ९.३% मा घटेको छ — यो विश्वकै सबैभन्दा तीव्र गिरावटहरू मध्ये एक हो।
प्रगति हुँदाहुँदै पनि, यो क्षेत्र अझै पनि विश्वका एक चौथाइ सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरूको घर बनेको छ । जसमा २८ करोड ८० लाख धुवा रहित सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरू छन्, जुन विश्वको कुलको ८०% हो। साथै, करिब १८ लाख वयस्क र ५ लाख किशोर किशोरी इलेक्ट्रोनिक सिगरेट प्रयोगकर्ताहरू पनि रहेको अनुमान गरिएको छ। यी तथ्यांक प्रारम्भिक भए पनि वास्तविक संख्या अझ बढी हुन सक्ने र विशेष गरी युवाबीच यो स्वास्थ्यको बढ्दो चिन्ताको विषय बनेको डब्लुएचओ जनाएको छ।
डब्लुएचओ सदस्य राष्ट्रहरूसँग मिलेर निषेध सेवामा पहुँच बढाउने, सबै सुर्तीजन्य पदार्थ उत्पादनमा कर वृद्धि गर्ने, धुम्रपान निषेध नीतिहरू कार्यान्वयन गर्ने, डर लाग्दा ग्राफिक चेतावनीहरू सुदृढ गर्ने, विज्ञापन, प्रवर्द्धन र प्रायोजन बन्द गर्ने, र नयाँ निकोटिन तथा तम्बाखु उत्पादनहरू नियमन गर्ने कार्यहरूमा सहकार्य गर्दै आएको छ। यी प्रमाण–आधारित कदमहरूले गिरावटलाई अझ तीव्र पार्न र भविष्यका पुस्तालाई सुर्तीजन्य पदार्थ को विनाशकारी असरबाट जोगाउन मद्दत गर्नेछन्।
विश्वव्यापी रूपमा सन् २०१० देखि २०२५ सम्म तम्बाखु प्रयोगकर्ताको संख्या १२ करोडले घट्ने अनुमान गरिएको छ, जसमा डब्ल्यूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रले आधाभन्दा बढी योगदान दिएको छ करिब ६९ मिलियन प्रयोगकर्ता घट्दै।