२०८२ मंसीर २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड

९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड


काठमाडौं—सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले ९ वटा औषधीहरुको उत्पादन गर्ने भएको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले मधुमेह, उच्च रक्तचापलगायतका ९ वटा औषधी उत्पादन अन्तिम तयारीमा पुगेको जानकारी दिए ।

नेपाली औषधी लिमिटेडले ती औषधीको तीन महिनाको ट्रायल सकिसकेको छ भने ६ महिनाको परीक्षा अन्तिम चरणमा छ । लिमिटेड मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, जुका, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत ९ प्रकारका औषधी उत्पादन गर्नेछ ।

‘६ महिनाको परीक्षण चाँडै नै सकेर अर्को महिना उत्पादनका लागि औषधी व्यवस्था विभागबाट अनुमति पत्र लिएर उत्पादन सुरु गर्छौ,’ महाप्रबन्धक पनेरुले भने । हाल नेपाल औषधी लिमिटेडले ११ प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ