२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय

नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय


काठमाडौं–१३ महिनापछि बसेको औषधि सल्लाहकार समितिको बैठकले नेपालमा थप १२ प्रकारका नयाँ मोलक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुलाएको छ । गत मंगलबार तत्कालीन स्वास्थ्य तथा जनसंख्या सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा बसेको समितिको बैठकले नयाँ मोलक्युलयुक्त औषधि दर्ता गर्न औषधि व्यवस्था विभागलाई बाटो खुलाएको हो ।

बैठकले ३३ वटा औषधिहरुको परीक्षण विधिहरुको अनुमोदन गरी लागु गर्न औषधि ब्यवस्था विभागलाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै, पशुपंक्षीमा प्रयोग हुने कडा खालको एन्टीबायोटीक कोलिस्टीनको उत्पादन, पैठारी तथा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ । यो औषधि धेरै अन्य देशहरूले पनि प्रतिबन्ध लगाएका छन् । त्यसका साथै औषधिको विशेष सिफारिसको अनुमोदन गर्ने, परम्परागत औषधिको सूचीमा तिब्बतीयन तथा चाइनिज परम्परागत औषधिहरुलाई परम्परागत औषधिको रुपमा मान्यता दिने समेत निर्णय गरेको छ ।

तर, त्यसरी मान्यता दिँदा नेपालमा सम्बन्धित कम्पनीले जिएमपी प्रमाणित गरेको हुनुपर्ने उल्लेख छ ।

समितिका सदस्यसचिव समेत रहेका औषधि ब्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले नेपालमा चाहिने अत्यावश्यक औषधिहरुको दर्ता प्रक्रियालाई सहज बनाउने समेत निर्णय भएको बताए । उनले भेटनरी औषधि पसललाई ब्यवस्थित गर्न पशु सेवा विभाग र औषधि व्यवस्था विभागको समन्वयमा तालिम संचालन गर्ने समेत निर्देशन भएको बताए ।

यस्ता छ्न् ६ निर्णयहरुः

१२ प्रकारका नया मोलक्युलयुक्त औषधी दर्ता

समितिको बैठकले नयाँ थप १२ प्रकारका मोलक्युलयुक्त औषधि दर्ता गर्न औषधि ब्यवस्था विभागलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । यसरी दर्ता गरिएका औषधिको जानकारी ७ दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिनुपर्नेछ । नयाँ सिफारिस गरिएका मोलक्युलका औषधिहरुको स्वीकृतीका लागि परेका आवेदनहरुमा सम्भव भएसम्म नेपाली उद्योगबाट पेश हुने आवेनलाई पहिलो प्राथमिकता दिन औषधि व्यवस्था विभागलाई सिफारिस भएको गर्ने उल्लेख छ ।

तर, खुलाइएको नयाँ मोलक्युलयुक्त औषधिमध्ये दुई वटा मात्र नेपाली औषधि उद्योगले उत्पादन गर्ने भएको नेपाल औषधि उत्पादक संघका महासचिव प्रज्वलजंग पाण्डेले बताए । ‘खुलाइएका नयाँ मोलक्युलयुक्त औषधिमध्ये दुइ बटा मात्र नेपाली औषधि उद्योगले उत्पादन गर्नेछन्, अन्य सबै विदेशी उद्योगले मात्र उत्पादन गर्नेछन्,’ उनले भने ।

औषधि स्तर निर्धारण सम्बन्धमा

३३ वटा औषधिहरुको परीक्षण विधिहरुको अनुमोदन गरी लागु गर्न औषधि ब्यवस्था विभागलाई सिफारिस गर्ने

कोलिस्टीनको उत्पादन, पैठारी तथा बिक्रीमा रोक

बैठकले कडा खालको एन्टीबायटीक कोलिस्टीनको उत्पादन, पैठारी तथा विक्रीमा रोग लगाउने निर्णय गरेको छ । पशुपंक्षीको उपचारमा प्रयोग गर्ने प्रयोजनका लागि दर्ता तथा पैठारीमा तत्काल रोक लगाउने, स्वदेशी उत्पादनको हकमा तीन महिनासम्म बिक्री वितरणको हकमा ५ महिनाको अवधि दिई सो को उत्पादन बिक्री वितरणमा रोक लगाउन औषधि व्यवस्था विभागलाई सिफारिस गर्ने ।

औषधिको विशेष सिफारिसको अनुमोदन गर्ने

औषधि ब्यवस्था विभागबाट विभिन्न मितिमा प्रदान गरिएका औषधिको विशेष सिफारिसलाई अनुमोदन गर्ने निर्णय गर्नुको साथै जीवनरक्षक औषधि तथा अन्य अत्यावश्यक औषधिहरुको सहज रुपमा उपलब्धताको लागि त्यस्ता औषधीहरुको दर्ता प्रक्रियालाई सहज गराउनेतर्फ विभागलाइ निर्देशन दिने ।

तिब्बतीयन तथा चाइनिजलाई परम्परागत औषधिका रुपमा मान्यता

परम्परागत औषधिको सूचीमा तिब्बतीयन तथा चाइनिज परम्परागत औषधिहरुलाई परम्परागत औषधिको रुपमा मान्यता दिने र त्यस्ता औषधिहरुलाई सम्बन्धित निकायबाट जिएपी प्रमाणीकरण गरेको प्रमाणपत्र पेश गरेको अवस्थामा दर्ता गर्ने सम्बन्धमा थप अध्ययन गरी अर्को बैठकमा पेश गर्ने ।

भेटेनरी औषधि पसल दर्ता गर्ने

औषधि सल्लाहकार सममितिको ३७ औं बैठकमा सिफारिरसलाई यथावत राख्दै ग्रामीण क्षेत्रमा भेटेनरी औषधिको पहुँच बढाउन अंग्रेजी विषय लिई एसएलसी/एसईई (प्रविधिक एसएलसी) उत्तीर्ण गरेकाहरुका लागि औषधि व्यवस्था विभाग र पशु सेवा विभागबाट संयुक्त रुपमा भेटेरिनरी औषधि सम्बन्धी ३५ दिने कार्य दिनको अभिमुखीकरण तालिम संचालन गर्ने । सो तालिम संचालनको लागि पशु सेवा विभागसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिने ।

होमियोप्याथी औषधि पसल दर्ता

अनुभवको आधारमा होमियोप्याथिक औषधि पसल दर्ता हुँदै आएकोमा अब होमियोप्याथिक विषयमा कम्तीमा १५ महिने तालिम लिएका, डिप्लोमा वा स्नातक गरी सम्बन्धित परिषद्मा दर्ता गरेका ब्यक्तिलाई पनि होमियोप्याथिक पसल खोल्न अनुमति दिन विभागलाई सिफारिस गर्ने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ