२०८२ फागुन ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुलमानको पार्टीको चुनावी प्रतिवद्धताः निःशुल्क स्वास्थ्य सेवादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवासम्म

कुलमानको पार्टीको चुनावी प्रतिवद्धताः निःशुल्क स्वास्थ्य सेवादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवासम्म


काठमाडौं—कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक घोषणापत्रमा स्वास्थ्य सम्बन्धि तीन बुँदे प्रतिबद्धता जनाइएको छ ।

उक्त दलले स्वास्थ्यतर्फको पहिलो बुँदामा निःशुल्क स्वास्थ्य सेवा अभियान राखेको छ । जसअन्तर्गत हरेक नागरिकलाई तोकिएको स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने, कुपोषणबाट ग्रसित महिला तथा बालबालिका केन्द्रित कार्यक्रम सञ्चालन गर्ने र ग्रामीण जनतालाई मोबाइल क्लिनिक र टेलिमेडिसिनको व्यवस्था गर्ने उल्लेख छ ।

दोस्रो बुँदामा मनोसामाजिक परामर्श सेवामा प्रतिबद्धता व्यक्त गरिएको छ । जसअन्तर्गत उक्त पार्टीले प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्शदाता सेवा उपलब्ध गराउने व्यवस्था गर्ने उल्लेख गरेको छ ।

यस्तै, तेस्रो बुँदामा प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा प्रदान गर्ने प्रतिबद्धता छ । जसअन्तर्गत प्रत्येक स्थानीय तहको स्वास्थ्य संस्थामा कम्तिमा एक जना विशेषज्ञ (हाडजोर्नी, स्त्रीरोग र बालरोग) राख्ने व्यवस्था गर्ने जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ