२०८२ फागुन ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओम मेगाश्रीको एक वर्षको कारोबार २७ करोड बढी

ओम मेगाश्रीको एक वर्षको कारोबार २७ करोड बढी


काठमाडौं—चितवन जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले एक वर्षमा २७ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । फर्मास्युटिकल्सको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा उसले २७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।

ओम मेगाश्रीले सन् २०२४ को तुलनामा आर्थिक कारोबार १० करोड बढीले वृद्धि भएको हो । सन् २०२४ मा उसले ८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

गैरआवासीय नेपालीहरुले प्रवर्द्धन गरिरहेको ओम मेगाश्री फर्मास्युटिकल्स ७ फागुन २०८० बाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

यो फर्मास्युटिकल्स कम्पनीले २०८१ सालमा आईपीओ समेत ल्याएर आईपीओ ल्याउने पहिलो नेपाली फर्मा कम्पनीका रुपमा आफूलाई उभ्याएको थियो । आंशिक कर्जा घटाउने, आई एण्ड इयर ड्रप प्लान्ट बनाउने, सेफ प्लान्ट र भेट प्लान्ट विस्तार गर्ने योजनाका साथ कम्पनीले आईपीओ ल्याएको थियो ।

ओम मेगाश्रीले कार्डियाक, एन्टी डाइबेटिक गरी ३९ प्रकारका औषधी उत्पादन गर्दै आएको छ । ‘केही समयभित्रै हामी २४ वटा प्रडक्टहरु थप्दैंछौं,’ ओम मेगाश्रीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ