काठमाडौं—नवनियुक्त स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ब्रेक लगाएकी छन् । शुक्रबार सपथ लगतै पदभार ग्रहण गर्न सिंहदरबारस्थित मन्त्रालयमा पुगेकी उनले कुनै निर्णय गरिनन् ।
स्वास्थ्यमन्त्रीले प्रधानमन्त्री बालेन्द्र शाहको योजना सुनिसकेपछि मात्रै पहिलो निर्णय गर्ने योजना बनाएकी छन् । मन्त्रीहरुको पदभार ग्रहणपछि अहिले सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक जारी छ ।
सम्भवतः त्यही बैठकबाट फर्केपछि उनले पहिलो निर्णय लिन सक्ने स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।
यसअघि मन्त्रालयमा पदभार ग्रहणलगतै पहिलो निर्णय गर्ने प्रचलन थियो । तर, निशासहित बालेन सरकारका केही मन्त्रीहरुले प्रधानमन्त्रीको योजना सुनिसकेपछि मात्रै निर्णय गर्ने भन्दैं पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ब्रेक लगाएका छन् ।
तर, केही मन्त्रीले भने पदभार ग्रहणपछि पहिलो निर्णय गरेका छन् ।