ललितपुर—किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । २२ माघमा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२ वर्षकी श्रीमतीले कलेजो दान दिएकी थिइन् ।
१२ घण्टामा लामो शल्यक्रियामा किष्ट अस्पतालको लिभर ट्रान्सप्लान्ट टिम संग्लन रहेको थियो भने भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालका चिकित्सकले प्राविधिक सहयोग गरेका थिए ।
अस्पतालले कलेजो दाता (श्रीमती) र कलेजो प्राप्तकर्ता (श्रीमान) दुवैको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।
‘किष्ट कलेज तथा शिक्षण अस्पतालमा जटिल लिभर ट्रान्सप्लान्ट शल्यक्रिया निरन्तर रुपमा सफलतापूर्वक सम्पन्न हुँदैं आएको तथ्यले अस्पतालको उच्चस्तरीय सेवा, दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिको प्रमाण प्रस्तुत गरेको छ,’ अस्पतालले भनेको छ, ‘यस उपलब्धिले नेपालमै गुणस्तरीय अंग प्रत्यारोपण सम्भव छ भन्ने विश्वासलाई थप बल प्रदान गरेको छ ।’
अस्पतालले यसअघि १३ वटा मिर्गौला प्रत्यारोपण गरिसकेको जनाएको छ ।