काठमाडौं—वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन भएको छ । शुक्रबार बिहान ६ बजे उपचारका क्रममा पाटन अस्पतालमा ६४ वर्षको उमेरमा उनको निधन भएको हो ।
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही नेतृत्वमा डा. न्यौपानेको कोल्यान्जियो कार्सिनोमा (पित्त बग्ने नली क्यान्सर)को उपचार भइरहेको थियो । ‘उहाँ त मेरो अभिभावक हुनुहुन्थ्यो, हामीले सबै प्रयास ग¥यौं तर बचाउन सकेनौ,’ डा. शाहीले भने ।
सर्जिकल अंकोलोजिष्ट डा. न्यौपानेले नेपालमा स्थापित क्यान्सर रोग विशेषज्ञको परिचय बनाएका थिए । उनी पछिल्लो समय बीएण्डबी अस्पताल र काठमाडौं क्यान्सर सेन्टरमा सेवारत थिए ।
चीनको चाइना मेडिकल युनिभर्सिटीबाट जनरल सर्जरीमा एमएस गरेका उनले सोही युनिभर्सिटीबाट सर्जिकल अंकोलोजीमा पिएचडी गरेका थिए ।
उनी भक्तपुर क्यान्सर अस्पतालको निर्देशक, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरपतुरको अध्यक्ष भएका थिए ।