२०८२ चैत्र २७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित

नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित


काठमाडौं–नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित थापा निर्वाचित भएका छन् । हालै अनलाइन माध्यममा भएको सोसाइटीको निर्वाचनबाट डा. थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्षमा निर्वाचित डा. अजित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ इन्टरभेन्सनल रेडियोलोजिष्टका रुपमा कार्यरत छन् । यस्तै, सोसाइटीको उपाध्यक्षमा डा. मनिष किरण श्रेष्ठ निर्वाचित भए ।

सोसाइटीको प्रभावशाली पद महासचिवमा वीरेन्द्र सैनिक अस्पतालका युवा चिकित्सक डा. मनिष थापा निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा नेपाल प्रहरी अस्पतालका डा. सन्तोष जोशी चयन भएका छन् भने सहसचिवमा डा. प्रदेश घिमिरे चुनिएका छन् । सदस्यमा डा. श्रृष्टि श्रेष्ठ र डा. काजन रानाभाट चयन हुँदा प्रेसिडेन्ट इलेक्ट डा. अमृत कोइराला र पूर्व अध्यक्ष प्रा.डा. रामकुमार घिमिरे कार्यसमितिमा समेटिएका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा भित्रिएको अत्याधुनिक उपचार पद्धति ‘इन्टरभेन्सनल रेडियोलोजी (आईआर)’को विकास र विस्तारका लागि नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजी गठन भएको हो । नयाँ पुस्ताका प्रविधिमैत्री विशेषज्ञको रूपमा परिचित डा. थापाको नेतृत्वले संस्थालाई नयाँ गति दिने विश्वास गरिएको छ।

त्यस्तै, सोसाइटीमा नेपालका प्रमुख सरकारी तथा सुरक्षा निकायका अस्पतालहरूमा कार्यरत विशेषज्ञहरूको टिम निर्वाचित हुँदा यसले देशभर आईआर सेवाको पहुँच विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सोसाइटी विगत एक दशकदेखि नेपालमा सक्रिय छ । पछिल्ला दिनहरुमा ठूलो शल्यक्रियाबिना नै सानो सुईको माध्यमबाट जटिल रोगको उपचार गरिने आईआर पद्धति नेपालमा लोकप्रिय हुँदैं गएको छ ।

नवनिर्वाचित महासचिव डा. थापाले नेपालभरका प्रमुख अस्पतालहरूमा आईआर सेवाको विस्तार, नयाँ पुस्ताका चिकित्सकहरूलाई तालिम र प्रविधि हस्तान्तर, बिरामीहरूमा मिनिमल्ली इन्भेजीव उपचार पद्धतिबारे जनचेतना जगाउने नयाँ कार्यसमितिको कार्यभार भएको बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ