गृहपृष्ठ ∕ प्रदेश १ ∕ बेवारिसे बिरामीको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. शर्माद्वारा उद्धार बेवारिसे बिरामीको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. शर्माद्वारा उद्धार हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक ५ गते, ११:१४ मा प्रकाशित विराटनगर—विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले दर्दनाक अवस्थाको बेवारिसे बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा. शर्माले उद्धार गरेर नोबल अस्पताल ल्याए। आईसियुमा राखेर निःशुल्क उपचार गरेका हुन् । लहान अस्पताल नजिक भेटिएका करिब ४० वर्षीय वेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाहिने खुट्टाको हड्डी पूर्ण रुपमा भाँचिएर घुँडाभन्दा मुनीको भाग छालाको भरमा मात्र झुण्डिएको छ । भाँचिएको खुट्टाको उपचार नपाउँदा घाउमा किरा परेर दुर्गन्ध फैलनुका साथै झिंगाले घेरेको थियो । धेरै दिनदेखि भुँइमा लडिरहेका उनको अवस्था अत्यन्तै दर्दनाक थियो । उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरेर नोबेल ल्याइएको हो । लहान अस्पतालमा कार्यरत डा.बृजेन्द्र कुमार शाहले बेवारिसे बिरामीको अवस्थाबारे शर्मालाई जानकारी गराएर उनको उद्धारमा सहयोग गरेका थिए । गम्भिर अवस्थामा रहेका उनलाई लहान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल ल्याइएको थियो । शर्माले आपत र अलपत्र अवस्थामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको बताए । उद्धार गरेर ल्याइएका बिरामीलाई नोबेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ । चिकित्सकहरुका अनुसार उनको अवस्था गम्भीर छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प… एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको… विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ४ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ५ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध ६ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ७ इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भारतीय क्यान्सर रोग विशेषज्ञ डा. पंकजः जो नेपाली क्यान्सर बिरामीको उपचार रमाइरहेका छन् डा. योगिता: नयाँ पुस्ताकी अब्बल नेत्र रोग विशेषज्ञ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भारतीय क्यान्सर रोग विशेषज्ञ डा. पंकजः जो नेपाली क्यान्सर बिरामीको उपचार रमाइरहेका छन् डा. योगिता: नयाँ पुस्ताकी अब्बल नेत्र रोग विशेषज्ञ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह